close

किया ईभी सिक्स बन्यो वर्षकै उत्कृष्ट विद्युतीय कार 

टेकपाना टेकपाना

फागुन १७, २०७८ १९:३४

किया ईभी सिक्स बन्यो वर्षकै उत्कृष्ट विद्युतीय कार 

काठमाडौं । कार अफ दि इयर अर्थात वर्षको उत्कृष्ट कारको विजेता छनौट गर्ने कार्य वर्षौँदेखि जटिल विषयको रुपमा रहँदै आएको छ । यद्यपि यस वर्षका लागि भने कियाको विद्युतीय कार ईभी सिक्सले २७९ अङ्कका साथ सन् २०२२ को कार अफ दि इयरको उपाधि हात पारेको छ ।

नतिजाअनुसार रेनल्टको म्याग्ने ई-टेकको ब्याट्री इलेक्ट्रिक कारले २६५ अङ्कका साथ दोस्रो स्थान हासिल गर्न सफल भएको छ भने कियाको भगिनी कार हुन्डाई आयोनिक फाइभ २६१ अङ्कका साथ तेस्रो स्थानमा छ । ब्याट्रीबाट चल्ने सात ओटा कार सर्टलिस्टमा परेकोमा छ ओटा कार दिनभरको यात्रा गर्न सक्षम थिए ।

शीर्ष तीन शोमा अङ्क बाँडिएपछि ईभी सिक्सले सबैलाई पछि पारेको हो । दक्षिण कोरियाली म्यानुफ्याक्चरले हात पारेको यो नै पहिलो नामी अवार्ड हो । गत वर्ष कम्पनीको रिब्रान्डिङ गरेपश्चात् प्राप्त यो अवार्ड कियाका लागि निकै उल्लेखनीय बनेको छ ।

यो त्यस्तो अवार्ड हो, जसमा कार निर्माता कम्पनीहरूले वास्तवमै जित हात पार्न चाहन्छन् । उनीहरूले यसलाई खरिद गर्न वा नतिजालाई प्रभावित पार्न समेत सक्दैनन् । यसका लागि उनीहरूले राम्रो कार बनाएर प्रवेश सुनिश्चित गर्नुपर्ने हुन्छ ।

उच्च कोटीको इन्टेरियर र स्पोर्ट युटिलिटीमा रहेको प्रचलन बाहिरको बडी स्टाइलका कारण यो निकै आकर्षक बनेको छ । ईभी सिक्सको ८०० भोल्टको अपरेटिङ सिस्टमले परम्परागत ब्याट्री इलेक्ट्रिक कारको तुलनामा ब्याट्रीमा करेन्ट आवतजावतलाई छिटोछरितो बनाएको छ ।

जसले यसको आधा भोल्टेजमै चलाउन सक्छ । यसको अर्थ कियाको ७७.४ किलोवाट आवरको ब्याट्री प्रतिस्पर्धीको तुलनामा छिटो चार्ज हुनसक्छ । जसले लामो यात्रालाई सहजै छिचोल्न सघाउँछ ।

यो कार रियर (पछाडि) अथवा अल-ह्वील (सबै पाङ्ग्रा) ड्राइभ चेसिसको साथमा उपलब्ध छ । एक पटकको चार्जमा ५२८ किलोमिटर गुड्ने दाबी गरिएको यो कारको मूल्य अन्तर्राष्ट्रिय बजारमा ५५ लाख २२ हजार रुपैयाँबाट सुरु हुन्छ ।

ईभी सिक्सको भित्री भागको कुरा गर्ने हो भने फराकिलो स्पेस रहेको छ भने ड्याशबोर्ड टच स्क्रिन बटनका साथै स्विच प्यानलको रुपमा समेत अलग्याउन सकिन्छ । जसबाट कारभित्र मनोरञ्जन, तातो र भ्यान्टिलेसन नियन्त्रण गर्न सकिन्छ ।

कियाले यस वर्षको शर्टलिस्टमा परेका केही प्रतिद्धन्द्धी कारको भन्दा फरक तरिकाले लामो दूरीको यात्रामा निस्किन सकिने पारिवारिक एसयूभी कारको रुपमा यसलाई उभ्याउन भने सकेको छैन । बरु यसले स्मुथ, घुमाउरो र हेर्दा सानो बनाउने कुरामा ध्यान दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३