काठमाडौं । माइक्रो ब्लगिङ ट्वीटरले पोडकास्टका लागि छुट्टै ट्याब उपलब्ध गराउने भएको छ । त्यसका लागि हाल ट्वीटरले काम गरिरहेको जनाइएको छ ।
रिसर्चर जेन म्यान्चु वाङले ट्वीटरमा स्क्रिनसट पोस्ट गर्दै ट्वीरको नयाँ फिचर बारे जानकारी दिएकी हुन् । रिसर्चर वाङले सार्वजनिक गरेको उक्त स्क्रिनसट अनुसार ट्वीटरको तल्लो भागमा ‘माइक्रोफोन’ को आइकन देखिएको छ ।
उक्त आइकनमा क्लिक गर्दा पोडकास्टको पेज खुल्नेछ । उक्त पेजमा कसरी पोडकास्ट डिस्प्ले हुनेछ भन्ने विषयमा भने जानकारी दिइएको छैन् । यस्तोमा कतै कम्पनीले आफ्नै अडियो प्ल्याटफर्म ‘स्पेस’ लाई त्यसमा उपलब्ध गराउने होकी भन्ने पनि आकलन गरिएको छ ।
Twitter is working on Podcasts tab pic.twitter.com/64tTd3XPdu
— Jane Manchun Wong (@wongmjane) March 2, 2022
हाल ‘लाईभ स्पेस’ ट्वीटरको फिडमै राखिएको छ । त्यसैलाई व्यवस्थित गर्न कम्पनीले छुट्टै ट्यावको व्यवस्था गर्न खोजेको हुन पनि सक्छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
