काठमाडौं । आज मार्च ८, अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । नारीहरूले विभिन्न क्षेत्रमा दिएको योगदानलाई सम्बोधन गर्दै गुगलले नारी दिवस विशेष गुगल डुडल सार्वजनिक गरेको छ ।
डुडल आर्ट डाइरेक्टर थोका माइरले बनाएको यो डुडल नारीप्रति समर्पित छ ।
गुगलको सर्च बारमा रहेको गुगल आइकनमा क्लिक गरेर महिलाहरूले कुन-कुन क्षेत्रमा कस्तो योगदान पुर्याएका छन्, त्यसको सानो एनिमेटेड भिडिओ स्लाइड हेर्न सकिन्छ ।
यसबाट विश्वभरका महिला कसरी जीवन बाँचेका छन् र उनीहरुले आफूलाई, आफ्नो परिवार र समुदायलाई कसरी एकताबद्ध बनाएका छन् भन्ने कुराको झल्को पाउन सकिन्छ ।