close

ईसेवा वालेटबाट रेमिट्यान्स पठाउँदा अब पैसा नलाग्ने

टेकपाना टेकपाना

फागुन २४, २०७८ १६:४१

ईसेवा वालेटबाट रेमिट्यान्स पठाउँदा अब पैसा नलाग्ने

काठमाडौं । ईसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्रयोग गर्दै आएका ग्राहकले अब ईसेवा वालेटबाट शुन्य शुल्कमा रेमिट्यान्स पठाउन सक्ने भएका छन् ।

यो सुविधाका लागि एफवान सफ्ट ग्रुप अन्तर्गतका यी दुई कम्पनीबीच सहकार्य भएको हो । कम्पनीका अनुसार आगामी जेठ १७ (मे ३१, २०२२) सम्म यो सुविधा सञ्चालन हुनेछ ।

ईसेवा वालेटका प्रयोगकर्ताले ईसेवा मनी ट्रान्सफरमार्फत आफ्ना आफन्त तथा इष्टमित्रलाई पठाएको आन्तरिक रेमिट्यान्स नेपालभर रहेका १० हजार बढी भुक्तानी केन्द्र तथा पाँच हजार बढी ईसेवा एजेन्ट मार्फत तुरुन्तै व्यक्तिको हातसम्म पुग्ने कम्पनीको भनाइ छ ।

हालसालै नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको कारोबारमा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन रु. २५ हजारसम्मको मात्र कारोबार गर्न मिल्ने व्यवस्था गरेसँगै आन्तरिक डिजिटल रेमिट्यान्स कारोबारलाई प्रोत्साहन गर्न कम्पनीले ‘शुन्य शुल्कमा रेमिट्यान्स’ सेवा ल्याएको बताएको छ ।

साथै ईसेवाले तीन महिनासम्म हरेक महिना एक जना विजेतालाई ‘रेड्मी ९आई’ स्मार्टफोन दिने योजना समेत ल्याएको छ ।

त्यसका लागि ईसेवा एपको रेमिट्यान्स आइकनमा क्लिक गरी ईसेवा मनी ट्रान्सफरमा गई तोकिएको विवरण पुरा गरी रेमिट्यान्स पठाउनुपर्ने कम्प्नीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२