close

इन्स्टाग्रामका भिडिओमा अब स्वचालित क्याप्सन, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

फागुन २७, २०७८ ८:३८

इन्स्टाग्रामका भिडिओमा अब स्वचालित क्याप्सन, यसरी गर्नुहोस् प्रयोग

काठमाडाैं । इन्स्टाग्राम भिडिओमा अटो-जेनेरेटेड क्याप्सन राख्न सकिने भएको छ । इन्स्टाग्रामको यो नयाँ फिचर अब अपलोड गरिने नयाँ भिडिओमा मात्र इनेबल गर्न सकिने छ ।

पुराना भिडिओको हकमा भने यो लागू हुने छैन । भिडिओ अपलोड गर्नुभन्दा अघि यदि यो फिचर इनेबल गरेको छ भने मात्र क्याप्सन देख्न सकिनेछ ।

अटो-जेनेरेटेड क्याप्सन इनेबल गर्नका लागि: 

१. स्मार्टफोनको  इन्स्टग्राम एप वा कम्प्युटरको ब्राउजरबाट इन्स्टाग्राम अकाउन्टमा जानुहोस् ।  

२. त्यहाँ देखिएको ‘+’ आइकनलाई ट्याप गर्नुहोस् । 

३. पोस्टमा क्लिक गर्नुहोस् ।  

४. शेयर गर्न चाहेको भिडिओलाई सेलेक्ट गर्नुहोस् ।

५. Next मा ट्याप गर्नुहोस् ।

६. एडभान्स सेटिङ्गमा जानुहोस् , ‘एक्सेसिबिलिटी’ भित्र ‘शाे क्याप्सन’ (Show Captions) को टगललाई अन गर्नुहोस् ।  

७. अपलोड सेक्सनमा फर्किएर भिडिओ शेयर गर्नुहोस् ।  

८. त्यसपछि तपाईंको क्याप्सन सहितको भिडिओ शेयर हुनेछ ।  

यो फिचर अंग्रेजी भाषाको क्याप्सनको लागि मात्र उपलब्ध  छ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२