close

ई-सेवामा पठाएको रकम ७ हजार भन्दा बढी सहकारीबाट झिक्न सकिने

टेकपाना टेकपाना

फागुन ३०, २०७८ १६:२२

ई-सेवामा पठाएको रकम ७ हजार भन्दा बढी सहकारीबाट झिक्न सकिने

काठमाडौं । रेमिट्यान्स भुक्तानीको लागी ई-सेवा मनि ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच सम्झौता भएको छ ।

यस सम्झौतासँगै संसारका दुई सयभन्दा बढी मुलुकबाट नेपाल पठाएको रेमिट्यान्स, ईसेवा मनि ट्रान्सफरका १० हजारभन्दा बढी भुक्तानी केन्द्र र ई-सेवा वालेटका पाँच हजार बढी एजेन्टसँगै अब प्रभु म्यानेजमेन्टसँग आवद्ध नेपालभर रहेका सात हजार बढी सहकारी संस्थाबाट समेत रकम झिक्न सकिनेछ ।

यसका साथै, प्रभु म्यानेजमेन्टसँग आवद्ध सहकारी संस्थाबाट ई-सेवा मनि ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन मिल्नुका साथै यि सहकारी संस्थाहरुमा रकम जम्मा गर्नसमेत सकिने सम्झौतामा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२