close

स्प्यारो भ्वाइस सार्वजनिक हुँदै, एकैपटक धेरैलाई भ्वाइस सन्देश पठाउन मिल्ने

टेकपाना टेकपाना

चैत ६, २०७८ १३:५३

स्प्यारो भ्वाइस सार्वजनिक हुँदै, एकैपटक धेरैलाई भ्वाइस सन्देश पठाउन मिल्ने

काठमाडौं । आज स्प्यारो एसएमएसले आफ्नो १२औं वार्षिकोत्सव मनाउँदै छ । यो अवसरमा स्प्यारोको सञ्चालक कम्पनी जानकी टेक्नोलोजीले स्प्यारो भ्वाइस र भाइबर बिजनेश म्यासेजिङ सेवा सुरूवात गर्ने भएको छ ।

कम्पनीका अनुसार स्प्यारो भ्वाइस सेवा एउटा प्रसारण प्लेटफर्म हो, जहाँ कम्पनी तथा विभिन्न संस्थाले समाचार, सूचना, सार्वजनिक सेवा घोषणा वा अन्य सम्बन्धित भ्वाइस सन्देश एकैपटकमा ठूलो संख्यामा मानिसहरूलाई प्रसारण गर्न सक्छन् ।

संस्थाहरूले भ्वाइस सेवा मार्फत सर्वेक्षणहरू पनि चलाउन सक्ने जनाइएको छ ।

त्यसैगरी कम्पनीले भाइबर बिजनेश म्यासेजिङ सेवा पनि सुरू गर्दैछ । नेपालका लागि भाइबरको आधिकारिक साझेदारका रुपमा रहेको स्प्यारो एसएमएसले यो सेवा ल्याउन लागेको हो ।

याे सेवा अन्तर्गत अब स्प्यारोले ट्रान्जेक्सनल, प्रोमोसनल र सेसन म्यासेजिङ साथै भेरिफाइड बिजनेश आईडी समावेश छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३