close

प्रयोगकर्ताको डेटा संरक्षण गरेको भन्दै ह्वावेलेलाई ट्रस्टमार्क प्रदान

टेकपाना टेकपाना

चैत ७, २०७८ १६:३७

प्रयोगकर्ताको डेटा संरक्षण गरेको भन्दै ह्वावेलेलाई ट्रस्टमार्क प्रदान

काठमाडौं । सिंगापुरको इन्फोकम मिडिया डेभलपमेन्ट अथोरिटी (आईएमडीए) ले ह्वावे इन्टरनेशनल प्रालिलाई डेटा प्रोटेक्सन ट्रस्टमार्क (डीपीटीएम) को प्रमाणीकरण प्रदान गरेको छ । ह्वावेको सिंगापुरस्थित कम्पनीलाई आईएमडीएले उक्त प्रमाणीकरण प्रदान गरेको हो ।

सिंगापुरको व्यक्तिगत डेटा संरक्षण ऐन पूर्ण रूपमा पालना गर्ने कम्पनीलाई यो प्रमाणीकरण दिने गरिन्छ । हालसम्म ८० भन्दा बढी कम्पनीले यो प्रमाणीकरण प्राप्त गरेका छन् ।

यो प्रमाणीकरणले कम्पनीको डेटा सङ्कलन, प्रयोग र जवाफदेहिताको पारदर्शी अभ्यासको प्रमाण दिएको ह्वावेको भनाइ छ ।

ह्वावे इन्टरनेशनलका सीईओ फू फ्याङ योङले व्यक्तिगत डेटा सुरक्षा कानूनी आवश्यकता मात्र नभई सामाजिक उत्तरदायित्व पनि भएको र यो सर्टिफिकेशनले गोपनीयता संरक्षणका लागि ह्वावेको प्रतिबद्धतालाई जोड दिएको अभिव्यक्ति दिएका छन् ।

‘हामी सजग छौं र सधैं सबै गोपनीयता र व्यक्तिगत डेटा सुरक्षा सम्बन्धी कानून र नियमको पालना गरेका छौं, जुन हामीले सञ्चालन गर्ने हरेक क्षेत्राधिकारभित्र पर्छ,’ उनले भने ।

विगत दुई दशकमा ह्वावेले सिंगापुरका स्थानीय टेलिकम अपरेटरहरूसँग विश्वस्तरीय नेटवर्क पूर्वाधार विकास गर्न, सिंगापुरको डिजिटलाइजेशन यात्रालाई समर्थन गर्न र सिंगापुरका उपभोक्तालाई स्मार्ट उपकरणहरूको उपलब्धताको लागि काम गरेको उनले उल्लेख गरेका छन् ।

डीपीटीएम प्राप्त गर्नुका साथै ह्वावेले साइबर सुरक्षा एजेन्सी अफ सिंगापुरसँग पनि आफ्नो साइबर सेफ पार्टनरशिप प्रोग्रामको एड्भोकेट पार्टनरहरूको रूपमा साझेदारी गरेको छ ।

यस कार्यक्रम मार्फत ह्वावेले सिंगापुरका व्यवसाय र संगठनहरूलाई उनीहरूको साइबर सुरक्षा बलियो बनाउन र साइबर सुरक्षा बारे सचेतना बढाउन एजेन्सीसँग काम गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३