काठमाडौं । रूसले ग्यास तथा तेलको निर्यातामा हुने भुक्तानीमा बिटक्वाइनलाई मान्यता दिने तयारी गरेको छ । आफ्ना मित्र राष्ट्रहरुलाई उनीहरुको करेन्सीको सट्टामा बिटक्वाइन नै भुक्तानी गर्न दिने तयारी भइरहेको त्यहाँका अधिकारीहरूले जानकारी दिएका छन् ।
अघिल्लो सातमात्रै रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले मित्रराष्ट्र बाहेकका देशले ग्यास तथा तेल रूसी रुबेलकै आधारमा भुक्तानी गर्नुपर्ने बताएका थिए ।
यो कदमले रूसले आफ्नो करेन्सीको भ्यालु बढाउन खोजेको समेत बुझ्न सकिन्छ । किनभने यही वर्षमात्रै रूसी रुबेलको भ्यालु २० प्रतिशतले घटेको थियो ।
अझ पछिल्लो समय रूस र युक्रेनबीच जारी अवस्थालाई लिएर अमेरिका, बेलायन, युरोपेली युनियन लगायतले रूसमाथि प्रतिबन्ध लगाएका छन् । यस्तोमा रुबेलको मूल्य अझ घटने छ ।
त्यसैलाई व्यवस्थापन गर्ने योजनाका साथ रूसले मित्र राष्ट्रको हकमा बिटक्वाइन र अन्य राष्ट्रको हकमा रुबेलबाटै कारोबार गर्नुपर्ने व्यवस्था ल्याउन लागको हो ।
रूस आजपनि विश्वमा प्राकृतिक ग्यास निर्यातमा पहिलो र तेल निर्यातमा दोस्रो ठूलो देश हो । यस्तोमा निर्यात हुने ग्यास तथा तेलको भुक्तानीका लागि वैकल्पिक उपाय खोजिएकाे बताइएकाे छ ।
चीन र टर्की मित्र राष्ट्र भएकाले उनीहरुसँगकाे कारोबारमा बिटक्वाइन प्रयोग गर्न तयारी भइहरको रूसी अधिकारीहरूले जनाएका छन् ।