close

कार्बन उत्सर्जन कम गर्न नयाँ आविष्कारमा जुट्दै ह्वावे

टेकपाना टेकपाना

बैशाख २०, २०७९ १६:४८

कार्बन उत्सर्जन कम गर्न नयाँ आविष्कारमा जुट्दै ह्वावे

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले गत अप्रिल २६ मा १९औं ग्लोबल एनालिस्ट शिखर सम्मेलन आयोजना गरेको छ । चीनको सान्जेनमा आयोजना भएको वार्षिक शिखर सम्मेलनमा विभिन्न क्षेत्रका विश्लेषक एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उद्योगकाे आगामी प्रवृत्ति र ह्वावेको विकास रणनीतिका बारेमा जानकारी दिइयाे । कार्यक्रममा ह्वावेका अध्यक्ष (रोटेटिङ) केन हुले इनोभेसन र ग्रीनर वर्ल्ड अर्थात् कार्बनरहित विश्व निर्माणका लागि विभिन्न इन्टेलिजेन्ट प्रविधिमा काम भइरहको बताए ।

‘हामी सबै उद्योगलाई डिजिटल र इन्टेलिजेन्ट बनाउने गरी काम गरिरहेका छौं,’ हुले भने, ‘हाम्रो आविष्कारले कार्बनरहित विश्व निर्माण गर्न मद्दत गर्नेछ । जुन हाम्रो कम्पनीको आगामी विकासको लागि पनि महत्त्वपूर्ण हुनेछ ।’

कनेक्टिभिटीको सन्दर्भमा ह्वावे यो उद्योगलाई सधैं अगाडि बढाउन तयार रहेको उनकाे भनाइ छ । त्यसका लागि ५.५ जी, एफ५.५ जी मार्फत विश्वभर १० जीबी प्रतिसेकण्डमा डेटा ट्रान्सफर सफल हुने उनले जनाए ।

यो वायरलेस नेटवर्कका लागि अर्को ठूलो आयाम हुनेछ । लो लेटेन्सी र उच्च गुणस्तरीय वायरलेस नेटवर्कले धेरै ब्याण्डविथको मागलाई धान्न सक्नेछ ।

कम्प्युटिङको सन्दर्भमा ह्वावेले डेटा सेन्टर, नोड, मुख्य सफ्टवेयरको बनावटमै परिमार्जन गर्दै बढी प्रभावकारी र बिजुली खपत कम गर्न मद्दत गर्ने बनाएको छ ।

क्लाउडमा ह्वावेले ‘मेटास्टुडियो’ निर्माण गरिरहेको छ, जुन क्लाउडमा आधारित इन्ड-टु-इन्ड डिजिटल कन्टेन्ट पाइपलाइन निर्माण गरिरहेको छ । यसबाट डिजिटल कन्टेन्ट निर्माणमा सहयोग पुग्ने जनाइएको छ ।

डिभाइसको हकमा ह्वावेले उपभोक्ताको जीवनलाई लक्षित गर्दै उनीहरूको सबै पक्षहरूमा समेट्ने गरी इन्टेलिजेन्ट प्रविधि निर्माण गरिरहेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२