काठमाडौं । गायक कमल खत्रीको युट्युब च्यानल ह्याक भएको छ । ह्याकसँगै च्यानलमा एउटाबाहेक अन्य भिडिओ गायब भएका छन् ।
ह्याकरले उक्त च्यानल कब्जामा लिई नाम परिवर्तन गरेर टेस्ला (लाइभ) राखेका छन् । अहिले सो च्यानलबाट एलन मस्को फोटो राखी नेपालमा प्रतिबन्धित बिट्क्वाइन र इथिरियम सम्बन्धी प्रचार भइरहेको छ ।
छ लाख बढी सब्सक्राइबर भएको सो च्यानलमा अहिले खत्रीले गाएको ‘फिक्का फिक्का छिन छिनमै’ भन्ने गीतकाे भिडिओ मात्र देख्न सकिन्छ ।
टेकपानासँग कुरा गर्दै गायक खत्रीले ह्याकरको नियन्त्रणबाट च्यानल फिर्ता ल्याउन छलफल भइरहेकाे जानकारी दिए । पछिल्लाे केही महिनायता लगातार नेपालका चर्चित युट्युब च्यानल ह्याक भइरहेका छन् ।