close

स्मार्ट टिभीका लागि सामसङको उपयोगी साउन्डबार

हरिजङ्ग थापा हरिजङ्ग थापा

जेठ १०, २०७९ १२:३६

स्मार्ट टिभीका लागि सामसङको उपयोगी साउन्डबार

काठमाडाैं । स्मार्ट टिभी हेर्दा आकर्षक हुन्छ । जति धेरै स्लिम र बेजललेस भयो उति नै हाम्रो मन जित्छ । यस्ता टिभीको पिक्चर क्वालिटी र रेजाेलुसनमा खासै खोट लगाउने ठाउँ हुँदैन । एउटै कमजोरी भनेको साउन्डमा हुन्छ ।

टिभी पातलो हुने भएकाले यस्ता टिभीमा ठूलो स्पिकर राख्ने ठाउँको अभाव हुन्छ । त्यसैले स्तरीय पिक्चर क्वालिटीसँगै गुणस्तरीय अडियो सुन्नका लागि टिभीसँगै साउन्डबार किन्नु अनिवार्य बनिसकेको छ ।

हामीले केही समयअघि सामसङको टिभी लिएका थियौं । त्यसको रिभ्यु पनि गरिसकेका छौं । ६५ इन्चको यो टिभीको पिक्चर क्वालिटी जति बबाल छ, साउन्डले चाहिँ खासै सन्तुष्टि दिएको थिएन ।

त्यसैले टिभीमा मुभी, म्युजिक भिडिओ हेर्दा वा गेम खेल्दा अथवा मस्तले गीत बजाएर रमाइलो गर्नका लागि साउन्डबारको आवश्यकता महसुस भयो । आज म टेकपानकाे कार्यालयमा आएकाे सामसङकै बजेट साउन्डबार HW A450 2.1 Soundbar को रिभ्यु गर्दैछु ।

टिभीको स्पिकरबाट यो साउन्डबारमा शिफ्ट हुने बित्तिकै यसले छुट्टै आभास दिन्छ । बल्ल टिभी सुहाउँदो आवाज सुनिएको महसुस गराउँछ । भन्नुको मतलब स्मार्ट टिभी किनिसकेपछि एउटा साउन्डबारबार त किन्नैपर्ने रहेछ जस्तो मलाईजस्तै तपाईंलाई पनि लाग्नसक्छ ।

किनकी स्मार्ट टिभी किन्ने भनेको स्तरीय भिजुअलहरु हेर्नका लागि हो । भिडिओलाई मात्रै स्तरीय भएर मात्रै पनि हुँदोरहेनछ । मानिलिउँ कुनै एक्सन वा हरर मुभी हेर्दै हुनुहुन्छ, वास्तविकजस्तै देखिने पिक्चर क्वालिटी टिभीमा देखिएको छ ।

तर अडियो मसिनो आयो भने मुभीले खासै मज्जा दिन सक्दैन । त्यसैले होम थिएटरका लागि स्मार्ट टिभी किन्नेहरुको रोजाइमा साउन्डबार पनि पर्ने गर्छ ।

कुरा सुरु गरौं यो साउन्डबारको लुक्सबाट । Rectangle Shape को यो साउन्डबार एकदमै सिल्क र मिनिमलिस्ट छ । यसको लम्बाइ ३३.९ इन्च भएकाले योभन्दा ठूलो टिभीसँग राख्दा राम्रो देखिन्छ ।

हामीसँग भएको यो टिभी ६५ इन्चको हो । त्यसैले टिभीलाई स्ट्याण्डमा राख्दा यो साउन्डबार अलि सानो हो कि जस्तो फिल हुँदोरहेछ । ३२ इन्च वा त्यो भन्दा सानो टिभीसँग राख्दा पनि यो असुहाउँदो देखिनसक्छ । तर ४६ देखि ५५ इन्चसम्मको टिभीसँग चाहिँ यो साउन्डबार फिट एण्ड फाइन देखिन्छ जस्तो लाग्छ मलाई ।

साउन्डबारको चौडाई २. १ इन्चको छ जसलाई स्मार्ट टिभीको तलपट्टि राख्दा फिट देखिन्छ। यसको तौल कुरा गर्नुपर्दा लगभग २ किलोको छ।‍ यसको अगाडि र माथिपट्टि पातलो कपडाले कभर गरिएको छ, जुन हेर्दाखेरि राम्रो देखिन्छ तर धुलोहरु चाहिँ अलि बढी टिप्ने सम्भावना हुन्छ ।

साउन्डबारको टप साइडमा चारवटा बटन दिइएको छ, जसबाट यसलाई ON/OFF, Volume UP/Down र Source हरु सेलेक्ट गर्न सक्छौं । यसको पछाडी Connectivity को लागि USB Port र Optical Digital Port सँगै Power Cable Port छ ।

Bluetooth कनेक्सनमार्फत यसले काम गर्ने भएकाले खासै अन्य पोर्टहरुको आवश्यकता त्यति धेरै महसुस त हुँदैन। तै पनि HDMI लगायतका पोर्टहरु पनि भइदिएको अझै राम्रो हुन्थ्यो । टिभी वालमाउण्ट गरेर राख्नुभएको छ भने यो साउन्डबारलाई पनि मिलाएर वालमाउण्ट गर्न सकिन्छ। त्यसको लागि पछाडिप्टी २ वटा Universal Screw Port पनि रहेको छ ।

यो साउन्डबारसँगै Woofer पनि आउँछ। जुन काठले बनेको हो र यसको तौल ४ किलो ३ सय ग्राम छ। अगाडिपट्टि साउन्डबारमा जस्तै कभर लगाइएको छ । साउन्डबारसँग यसको Wireless Connection हुन्छ, त्यसैले Woofer लाई आवश्यकता अनुसार कोठाको जुनसुकै कुनामा राख्न सकिन्छ ।

यसको पछाडिपट्टि Power Cable Port सँगै ID Set गर्ने र साउन्डबारसँग लिंक भए नभएको थाहा दिने इन्डिकेटर छ। साउन्डबारसँग अटो कनेक्ट हुने भएकाले यो खासै झन्झटिलो हुँदैन ।

सामसङले टप अडियो इन्जिनियरमार्फत अडियो ल्याबमा टेस्ट गराएर यस्ता साउन्डबारहरु विकास गर्ने गर्छ । त्यसैले इन्ट्री लेभलको यो साउण्डबारको पनि पर्फर्मेन्स राम्रै छ ।

यसमा Surround, Game, Standard, Adaptive Lite, Bass Boost जस्ता साउन्ड मोड छन्। जसले दृश्य अनुसारको साउन्ड मोड छानेर अडियोको मज्जा लिन सकिन्छ। मुभी हेर्ने, गेम खेल्ने वा म्युजिक सुन्ने सबैलाई Best Experience दिन यी मोडहरु काफी छन्। त्यसको अलवा आवश्यकता अनुसार साउन्ड कस्टमाइज गर्न पनि मिल्छ। साथमा Woofer को Bass बढाउन वा घटाउन पनि सकिन्छ।

अप्टिकल अडियो इन्पुटमार्फत यो साउन्डबारले Dolby Audio र Digital Theatre System DTS 2.0 सपोर्ट गर्छ, जसले होम थिएटरको फिल दिन सघाउँछ । मैले Dolby Atmos को पनि अपेक्षा गरेको थिएँ, तर यसमा उपलब्ध रहेनछ ।

समग्रमा भन्दा दुई च्यानल मात्रै भएपनि यो साउन्डबारको मोड र कस्टमाइज गर्न मिल्ने फिचरले सकेसम्म सबैलाई सन्तुष्ट बनाउन खोजेको छ । Connectivity का लागि Bluetooth 4.2 छ । रिमोटमा भएको Pair बटनमा Press गरेर हामीले सजिलै टिभी वा मोबाइलमा यो साउन्डबारलाई कनेक्ट गर्न सक्छौं ।

एकपटक पेयर गरेपछि बारम्बार Manually कनेक्ट गर्नुपर्ने झन्झट यसमा छैन । यति हुँदाहुँदै ब्लुटुथको लेटेस्ट भर्सनसँगै HDMI पोर्टहरु भइदिएको भए यो साउन्डबार अझै धेरै बहुउपयोगी हुन सक्थ्यो ।

यसको अर्को राम्रो पक्ष भनेको सामसङको स्मार्ट टिभी छ भने त्यही टिभीको रिमोटले यो साउन्डबार कन्ट्रोल गर्न सकिन्छ। 

पर्फर्मेन्सकाे कुरा गर्ने हो भने सानो कोठाको लागि यो उपयाेगी छ । स्टेरियाे सिस्टमका लागि यो साउन्डबारको अडियो फ्रिक्वेन्सी निकै राम्रो छ । ३०० वाटको साउन्डबार भएकाले सानो खालको कोठाहरुका लागि सही हुन्छ । साउन्ड इफेक्टसहरुको लागि वुफरले उस्तै मजाले काम गर्छ ।

साउन्डबार र वुफरको कम्बिनेसनले गर्दा टिभीको दृश्यलाई वास्तविकजस्तै महसुस हुन्छ । Sound Enhancement का लागि विभिन्न मोडहरु छन्, जसलाई हामीले आवश्यकता अनुसार कस्टमाइज गर्न पनि सक्छौं । त्यसको साथमा उफरको ब्यास बढाउने अप्सन पनि भएकाले चाहेअनुसारको अडियो पाउन सक्छौं ।

घरमा पार्टी गर्दाका लागि ठूलो साउन्डबार आवश्यक पर्दा पनि यो फिट हुन्छ भने मुभीको मज्जा लिनका लागि पनि यो उपयुक्त छ। पछि 360 Degree को सामसङकै वायरलेस साउन्डबार सिस्टम जोड्नुपर्‍यो भने पनि यसले सपोर्ट गर्छ ।

यो साउन्डबार किन्दा बक्समा उफर र साउन्डबारसँगै Manual, Optical cable, Remote सँगै दुईवटा ब्याट्री, उफर र साउन्डबारको लागि AC power cables, Wall-mount का लागि स्क्रिउसहितको सामान र वाल माउन्ट किट आउँछ, जसलाई सेट र कनेक्ट गर्न एकदमै सजिलो छ ।

अब प्राइसको कुरा गरौं ।

सामसङको यो साउन्डबारको मूल्य ४० हजार ८ सय ४० रुपैँया तोकिएको छ । झट्ट सुन्दा यो मूल्य अलि महंगो लाग्नसक्छ, तर घरमा यदि सामसङकै स्मार्ट टिभी छ र साँच्चै गुणस्तरीय ब्रान्डेड साउन्डबार किन्ने सोच बनाउनुभएको छ भने यो राम्रो विकल्प हुनसक्छ । सामसङको यो Entry Level साउन्डबार हो ।

यसमा HDMI Ports, Dolby Atmos, Wifi सँगै Voice Assistance फिचरहरु छैनन्। यदि यस्तै क्वालिटिमा यी फिचर पनि चाहिन्छ भने सामसङका अन्य अपडेटेड साउन्डबार किन्न सक्नुहुन्छ। 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२