काठमाडौं । सरकारले उद्योग प्रशासनलाई सरल र प्रविधिमैत्री बनाउने नीति अगाडि सारेको छ ।
मङ्गलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग प्रशासनलाई प्रविधिमैत्री बनाएर उद्योग तथा व्यवसाय सम्बन्धी सेवालाई अनलाइनमार्फत प्रवाह गर्ने उल्लेख गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले एकलविन्दु सेवा केन्द्रलाई अधिकार सम्पन्न र प्रविधिमा आधारित बनाउने बताइन् ।
साथै उद्योग तथा व्यवसायको स्थापना, सञ्चालन र बहिर्गमनको अभिलेखन एवंम सहजीकरण सम्बन्धी सम्पूर्ण सेवा विद्युतीय माध्यमबाट प्रवाह गर्ने व्यवस्था मिलाउने उनले बताइन् ।