close

वास्तविक समयमा मौसम पूर्वानुमान गर्ने प्रणाली ल्याउँदै सरकार

टेकपाना टेकपाना

जेठ १०, २०७९ १८:५

वास्तविक समयमा मौसम पूर्वानुमान गर्ने प्रणाली ल्याउँदै सरकार

काठमाडौं । मौसम पूर्वानुमानको सूचना सही समयमा प्रवाह गर्ने लक्ष्यसहित सरकारले नयाँ सूचना प्रणाली लागू गर्ने भएको छ ।

स्वचालित जल तथा मौसम मापन प्रणालीको विस्तार गर्न सरकाले रियल-टाइम अर्थात वास्तविक समयमा नै सूचना प्रवाह हुने प्रणाली अवलम्बन गर्ने भएको हो ।

आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मौसम तथा बाढी पूर्वानुमानको गुणस्तरीय र विश्वसनीय सूचना आपतकालीन कार्य सञ्चालन केन्द्रहरू वास्तविक समयमा पुग्ने व्यवस्था मिलाउने गरी सरकारले नीति अगाडि सारेको उल्लेख गरेकी छन् ।

यसका साथै ब्याट्रीबाट उत्पन्न हुने प्रदूषण नियन्त्रणका लागि क्षेत्रगत मापदण्ड तथा कार्ययोजना कार्यन्वयन गरिने उनले बताइन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२