काठमाडौं । विश्वप्रसिद्ध म्यागेजिन फोर्ब्सले हरेक वर्ष सार्वजनिक गर्ने एसियाली मुलुकमा प्रभावकारी काम गर्ने ३० वर्ष मुनीका व्यक्तिहरुको सूचीमा यो वर्ष ५ नेपाली युवा छनोट भएका छन् । फोर्ब्सले सार्वजनिक गरेको सूचीमा रिटेल एण्ड ई–कमर्स, कम्ज्युमर टेक्नोलोजी, हेल्थकेयर एण्ड साइन्स र रिटेल एण्ड सोसल इम्प्याक्ट विधातर्फ ५ नेपालीहरु सूचीमा समावेश भएका हुन् ।
एसियाली मुलुकबाट प्राप्त ४ हजार भन्दा बढी आवेदनबाट अन्तिम नामावली छनोट गरिएको फोर्ब्सले जनाएको छ । फोब्सले हरेक वर्ष एसियाली मुलुकमा विभिन्न विधामा प्रभावकारी काम गरिरहेका ३० वर्ष मुनीका ३०–३० जनाको सूची सार्वजनिक गर्दै आएको छ । यी हुन् यो वर्ष फोर्ब्स थर्टी अन्डर थर्टी एसिया लिस्टमा सूचीकृत नेपाली युवाहरु :
ऐश्वर्या रानी सिंह प्रबन्ध निर्देशक, पुतली नेपाल विधा : सोसल इम्प्याक्ट
२८ वर्षीया सिंह गैर–नाफामूलक संस्था पुतली नेपालको प्रबन्ध निर्देशक हुन् । पुतली नेपालले महिनाबारी हुँदा गर्नुपर्ने सरसफाईको बिषयमा जनचेतना अभिबृद्धिको काम गर्दै आएको छ । यसले हालसम्म १४ हजार बढी मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा महिनाबारी हुँदा गर्नुपर्ने सरसफाई सम्बन्धी तालिम दिइसकेको छ । यसले महिनाबारी हुँदा गर्नुपर्ने सरसफाई सम्बन्धी चेतना अभिबृद्धि गर्ने कमिक पुस्तक र महिनाबारी हुँदा प्रयोग गर्ने कपको समेत बिक्री गर्छ ।
नासा गोगार्ड स्पेश फ्लाइट सेन्टर नेपालले ब्रम्हाण्डको उत्पत्ति र विकासबारे अध्ययन गर्न टेलिस्पकोप निर्माण गर्दै आएको छ । २७ वर्षीय दाहालले ब्रम्हाण्डको सुरुवाति अवस्थाको माइक्रोवेभ संकलनको लागि चिलीमा ३ वटा टेलिस्कोप राखेर अध्ययन गरिरहेका छन् । यसबाट प्राप्त तथ्यांकलाई विभिन्न सिद्दान्तको परीक्षणको लागि प्रयोग गरिन्छ ।
सुजीत पाठक सहसंस्थापक इन्ग्रेल्स, नेपाल विधाः कन्ज्युमर टेक्नोलोजी
भेदा एप अन्तर्गतको कम्पनी एन्ग्रेल्स नेपालका सहसंस्थापक हुन् सुजीत पाठक । सुरुमा शैक्षिक संस्थाहरुबीच सञ्चार गर्नको लागि बनाइएको एपले हाल ८ सय बढी विद्यालयमा डिजिटल सोलुसनको रुपमा सहयोग पु¥याइरहेको छ । भेदा एपले विद्यालयलाई आफ्नो सञ्चालन, खर्च विवरण व्यवस्थापन गर्न र सञ्चार गर्नको लागि सहयोग गर्छ । सन् २०२० मा गुगल क्लास रुमपछि नेपालमा सबैभन्दा बढी डाउनलोड हुने एप बनेको थियो ।
निरज काफ्ले र सन्तोष पाण्डे मिलेर स्थापना गरेको अफरिङ ह्याप्पिनेसले विदेशमा बसेका व्यक्तिहरुको लागि नेपालमा रहेका आफन्तहरुलाई उपहार पु¥याइदिने सेवा दिंदै आएको छ । सन् २०१७ मा स्थापना भएको कम्पनी नेपालको ठूलोमध्येको एक उपहार प्लेटफर्म हो । यो स्टार्टअपले नेपालमा पनि विधिन्न अवार्डहरु हात पारिसकेको छ ।