close

आइतबार पनि ई-पासपोर्ट वितरण हुने 

टेकपाना टेकपाना

जेठ १३, २०७९ १२:४०

आइतबार पनि ई-पासपोर्ट वितरण हुने 

काठमाडौं । राहदानी विभागले आइतबार पनि विद्युतीय राहदानी वितरण गर्ने भएको छ । सरकारले जेठ १ गते देखि लागू हुने गरी सरकारी कार्यालयहरू शनिबार र आइतबार बिदाको घोषणा गरेको थियो । यद्यपि सेवाग्राहीको चाप धेरै भए सँगै विभागले आइतबार पनि सेवा उपलब्ध गराउने बताएको छ ।

विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रम रहेको सन्दर्भमा राहदानी विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढिरहेकोले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्न लागेको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

‘जेठ १५ गते आइतबार देखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजे देखि अपरान्ह ४ बजेसम्म विभाग खुल्नेछ,’ सूचनामा उल्लेख छ ।

हाल राहदानी विभागबाट ई-पासपोर्ट बनाउँदा १२ हजार रुपैयाँ लाग्छ भने जिल्लाबाट बनाउँदा पाँच हजार रुपैयाँ लाग्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२