close

पाल्पा र उदयपुरमा मौसमी राडार स्थापना गरिने

टेकपाना टेकपाना

जेठ १५, २०७९ १८:५०

पाल्पा र उदयपुरमा मौसमी राडार स्थापना गरिने

काठमाडौं । सरकारले मौसमी प्रणालीको अनुगमनलाई प्रभावकारी बनाउन पाल्पा र उदयपुरमा मौसमी राडार केन्द्र निर्माण गर्ने भएको छ ।

आइतबार सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् ।

उनले जल तथा मौसम पूर्वानुमान प्रणालीलाई परिष्कृत गरी थप प्रभावकारी र विश्वासिलो बनाइने बताए । त्यसका लागि स्वचालित रियल टाइम केन्द्र विस्तार गरिने मन्त्री शर्माले जानकारी दिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४