close

नयाँ लाइसेन्सको अनलाइन आवेदन खुल्यो

टेकपाना टेकपाना

जेठ १६, २०७९ ११:४०

नयाँ लाइसेन्सको अनलाइन आवेदन खुल्यो

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु गरेको छ । पुरानो सफ्टवेयर सहित अनलाइन आवेदन व्यवस्थापन प्रभावकारी नभएपछि बन्द भएको अनलाइन आवेदन नयाँ प्रणाली सहित आजबाट पुन सुरु हुन लागेको हो । विभागका अनुसार आज (सोमबार) साँझ ६ बजे देखि सेवाग्राहीले विभागको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । 

यो भन्दा अगाडि दिइएका आवेदनहरू भने रद्द हुने विभागले जनाएको छ । पहिले आवेदन दिएको बेला जेठ १६ गते भन्दा पछि अफिस भिजिट डेट पाएका सेवाग्राहीले पनि नयाँ आवेदन दिनुपर्ने भएको छ । नयाँ सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि यहाँ क्लिक गरेर आवेदन दिन सकिनेछ । 

साथै लाइसेन्सको वर्ग थप गर्न चाहनेहरूको लागि आउँदो सोमबार (जेठ २३) गतेबाट अनलाइन आवेदन खुलाउने विभागले जनाएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४