close

‘नमस्ते पे’ एपमा क्यूआर भुक्तानी सेवा सुरु

टेकपाना टेकपाना

जेठ १९, २०७९ १७:२

‘नमस्ते पे’ एपमा क्यूआर भुक्तानी सेवा सुरु

काठमाडाैं । नमस्ते पे वालेटमा क्यूआर भुक्तानी सेवा सुरू भएको छ ।

हालै नमस्ते पे सञ्चालक नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी एपमा ‘स्मार्ट क्यूआर’ सेवा सुरू गरेको हो ।

योसँगै नमस्ते पे प्रयोगकर्ताले देशभरका एक लाख ६० हजारभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्

केवाईसी अपडेट गरेका नमस्ते पे ग्राहकले एक दिनमा एक लाख र एक महिनामा १० लाखसम्म क्यूआरबाटै भुक्तानी गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३