close

एन्टीभाइरस सफ्टवेयर किन्दै हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी कुरा

टेकपाना टेकपाना

जेठ १९, २०७९ १७:१८

एन्टीभाइरस सफ्टवेयर किन्दै हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी कुरा

काठमाडौं । इन्टरनेट अथवा कम्प्युटरको प्रयोग गरी कुनैपनि काम गरिरहनु भएको छ भने तपाईं सधैं सुरक्षाकाे जोखिममा हुनुहुन्छ । आज हामी सुरक्षाका लागि तपाईंको व्यापार, व्यवसाय वा कम्प्युटरका लागि सबैभन्दा भरपर्दो र उपयुक्त एन्टीभाइरस कसरी छान्न सकिन्छ भन्ने विषयमा चर्चा गर्छौँ । 

त्यसबाट आफ्नो व्यापार बचाउन तपाईंले केही एन्टीभाइरस वा अन्य सुरक्षाका उपाय पनि अपनाउनु नै भएको होला । आफ्नो आवश्यकता र व्यापार अनुसार आफ्नो मूल्यमा नाम चलेका ठूला कम्पनीबाट एन्टीभाइरस लिन त्यति सरल र सहज छैन ।

यदि तपाईंले आफ्नो व्यापारलाई प्रभावकारी रूपमा सुरक्षित राख्न चाहनु हुन्छ भने तपाईंको कम्पनीलाई कस्तो सप्टवेयर आवश्यक पर्छ त्यो पहिचान गर्न पर्ने हुन्छ ।

त्यस्तै त्यसमा भएका फिचरलाई मूल्यांकन गर्ने र आफूलाई सबैभन्दा बढी उपयुक्त कुन हुन्छ भन्ने कुराको गहिरो ज्ञान भएमा तपाईंको कम्पनीलाई कुनै किसिमको सुरक्षा जोखिम हुँदैन ।

तपाईंको आवश्यकता पहिचान गर्नुहोस्

तपाईंले महङ्गो वा सस्तो कुन एन्टीभाइरस प्रयोग गर्ने भन्दा पनि तपाईंको आवश्यकता के हो भन्ने कुरा महत्वपूर्ण हुन्छ । कुन प्रयोजनका लागि तपाईंले एन्टीभाइरस खोज्नुभएको हो अथवा तपाईंलाई इन्टरनेटमा सुरक्षा जोखिम कत्तिको हुन्छ भन्ने कुरा सबैभन्दा पहिले पहिचान गर्न पर्छ ।

तपाईंको कम्पनी जति ठूलो नै किन नहोस्, त्यसको सुरक्षाका लागि ठ्याक्कै कस्तो एन्टीभाइरस चाहिन्न भन्ने कुरा जान्न आवश्यक हुन्छ ।

जस्तो कुनै बेला तपाईंलाई विन्डोजमा काम गर्ने  एन्टीभाइरस आवश्यक परेको हुन सक्छ तर पछि विन्डोजमा मात्र नभई एप्पलको म्याक अपरेटिङ सिस्टम वा लिनक्समा काम गर्ने एन्टीभाइरस आवश्यक पर्न सक्छ । त्यसैले तपाईंले भिविष्यमा के आवश्यक पर्छ भन्ने कुरा पहिले नै विचार गर्नपर्छ ।

ठूला कम्पनीहरूसँग आफ्नै सर्भर हुन सक्छ जसलाई विशेषज्ञको सुरक्षा र हाई-इन्ड प्याकेज आवश्यक पर्छ ।  जसले एन्ड्रोइड र आईओस डिभाइसहरूमा काम गरोस् । किनभने बिजनेस असाइन गर्न कर्मचारीले स्मार्टफोन वा ट्याबलेट प्रयोग गरेका हुनसक्छन् । त्यसैले किन्नुभन्दा अगाडि यस्ता कुराहरूमा अध्ययन गर्नु पर्ने हुन्छ ।

तीनवटा जटिल कारकहरू

आफ्नो व्यापार, व्यवसाय वा साधारण कम्प्युटर सुरक्षित राख्नका लागि कस्तो एन्टीभाइरस आवश्यक पर्छ भन्ने कुरा जानिसकेपछि तपाईंले अलिकति केही विशेष कुरामा ध्यान दिनपर्छ । तपाईंले  एन्टीभाइरस किन्नुअघि त्यसमा भएरका फिचरको सूची बनाउन पर्ने हुन्छ । तपाईंले आफ्नो डिभाइसका लागि उपयुक्त स्तरको सुरक्षा कुन उत्पादनले उपलब्ध गराउन सक्छ त्यो विचार गर्न पर्ने हुन्छ ।

केही राम्रा एन्टीभाइरस कम्पनीले तीन स्तरका सुरक्षा प्रदान गर्छन् । एउटा फाइल, नेटवर्क र एप्लिकेसन  । यि तीनवटालाई जोडेर सुरक्षामार्फत एउटा मजबुत तह निर्माण गर्ने गर्छ ।

एउटा उचित एन्टीभाइरस उत्पादनले हुनसक्ने जोखिमलाई स्क्यान गरी खराब (Malicious) फाइलहरू हटाउने गर्छ । जसले गर्दा रियल टाइममा यसको डेटाबेस अपडेट भइरहन्छ । तपाईंले कुनै सेक्युरिटी प्रोडक्ट (एन्टीभाइरस) लिनुअघि त्यसले उचित तरिकाले फाइल, फोल्डर, इमेल अट्याचमेन्ट र डकुमेन्ट स्यान गर्छ भन्ने कुरामा ढुक्क हुनुपर्छ । किनभने यस्ता कुरामा बढी मालवेयर समावेश हुन्छन् ।

त्यसभन्दा पनि बढी र विशेष भविष्यसँग जोडिएका प्रोडक्ट किन्न पर्ने हुन्छ । जसले हुनसक्ने थ्रेट्सलाई पहिचान गर्न एआई, मसिन लर्निङ र क्राउड-सोर्स्ड डेटा (Crowd-sourced Data) प्रयोग गरेको हुन्छ ।  यो किन पनि महत्वपूर्ण हुन्छ भने यस्ता उन्तत प्रविधिले भविष्यमा हुनसक्ने ठूला जोखिमहरूबाट तपाईंको सिस्टमलाई बचाई राखेका हुन्छन् ।

इन्टरनेटको माध्यमबाट मालवेयर छिटै फैलिने भएकाले नेटवर्क प्रोटेक्सन अझ महत्वपूर्ण पक्ष हो । किनभने नेटवर्क प्रोटेक्सनमा मालवेयर फैलियो भने त्यसले तपाईंको कम्पनीसँग जोडिएको सिस्टमलाई नै प्रभाव पारेको हुन्छ ।

एउटा मजबुत डीएनएस फिल्टरले तपाईंको पिसी र डिभाइसमा हुने हानिकारक कन्टेन्ट र डग्डी वेबसाइट (Dogdy Website) हरू ब्लक गर्ने गर्छ । त्यसकारण यस्ता विषयहरू समेट्ने एन्टीभाइरस प्रयोग गर्ने गर्नुपर्छ ।

केही त्यस्ता उत्कृष्ट एन्टीभाइरसमा भीपिएन र सुरक्षित ब्राउजिङ मोडुलसको सिस्टम हुन्छ । जसले सुरक्षालाई सुधार गरिरहेको हुन्छ ।

तेस्रो स्तरको सुरक्षाका लागि के कुरामा ध्यान दिनपर्छ भने तपाईंको एप्लिकेसन र अपरेटिङ सिस्टमहरू सुरक्षित हुन् । अनावश्यक एसेस हुनबाट बचाउन तपाईंले होस्ट इन्ट्रुसन प्रिभेन्सन टेक्नोलोजी (Host intrusion Prevention Technology) निकै नै महत्वपूर्ण हुन्छ ।

यदि तपाईं आईटी (सूचना तथा प्रविधि) क्षेत्रमा काम गर्नुहुन्छ वा त्यससँग सम्बन्धित कुनै व्यवसाय छ भने तपाईंले एन्टीभाइरस सफ्टवेयर मल्टिपल लाइसेन्स भएको हो या होइन ख्याल गर्नु पर्ने हुन्छ ।

यदि सिङ्गल लाइसेन्स मात्र भएको रहेछ भने त्यो तपाईंको व्यवसायका लागि उपयुक्त नहुन सक्छ । यदि मल्टिपल लाइसेन्स भएको एन्टीभाइरस सफ्टवेयर खरिद गर्नुभयो भने तपाईंले त्यसलाई विभिन्न डिभाइसमा इन्स्टल गरेर त्यो सफ्टवेयरलाई व्यवस्थापन गर्न सक्न  हुन्छ ।

एन्टीभाइरस सफ्टवेयरको मूल्य

तपाईंले माथि भनिएका सम्पूर्ण कुरामा ध्यान दिनुभयो भने अब पालो मूल्यको । सबैजसो एन्टीभाइरसहरू एउटै खालका मानिसहरूका लागि निर्माण गरिएका हुँदैनन् । तपाईंका लागि मात्र भनेर कुनै पनि कम्पनीले एन्टीभाइरस विकास गरेका हुँदैनन् । त्यसैले तपाईंका लागि कुन र कति मूल्य पर्ने उपयुक्त भन्ने कुरा महत्वपूर्ण हुन जान्छ ।

तपाईंहरूले सामान्यतयः व्यवसायिक एन्टीभाइरस प्रोडक्ट मासिक वा वार्षिक सब्क्रिब्सन र एकमुष्ट रकम तिरेर सधैँका लागि पनि पाउन सक्नुहुन्छ । केही उत्कृष्ट फिचर भएका एन्टीभाइरसको मूल्य तुलनात्मक रूपमा बढी पनि पर्नसक्छ ।

तपाईंले कस्तो खोज्नु भएको हो वा तपाईंको व्यवसायलाई कस्तो एन्टीभाइरस आवश्यक पर्छ भन्ने कुरामा एन्टीभाइरसको मूल्य भर पर्छ । अथवा एउटा एन्टीभाइरस कतिवटा डिभाइसमा प्रयोग गर्न सकिन्छ भन्ने कुराले एन्टीभाइरसको मूल्य निर्धारण गरेको हुन्छ ।

यदि तपाईंले कुनै कम्पनीबाट एन्टीभाइरस खरिद गर्नु भएको छ भने त्यस कम्पनीको प्राविधिक समुहले तपाईंको हरेक आवश्यकतामा साथ दिन्छ भन्ने कुरामा विश्वस्त हुनु पर्‍यो । उनीहरूसँग सहयोग माग्ने प्रस्थिति वा माध्यम कत्तिको सहज वा जटिल छ भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ ।

एन्टीभाइरस किन्दा सो कम्पनीले सरकारले त्यसमा ल्याएका निती बमोजिम काम गरेको छ/छैन भन्ने कुरामा निर्धक्क हुनुहोस् । त्यस्तै तपाईंले पनि एन्टीभाइरस सफ्टवेयर कानूनी प्रकिया सही भएको कम्पनीबाट खरिद गर्नु भएको छ र तपाईंको कम्पनी कतै दर्ता भएको छ भने त्यससम्बन्धि भएका सम्पूर्ण नितीबारे तपाईं प्रष्ट भएको हुनुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३