काठमाडौं । एप्पलको वार्षिक डेभलपर सम्मेलन सुरु हुन केही दिनमात्र बाँकी छ, जहाँ नयाँ सफ्टवेयरदेखि विभिन्न उत्पादन सार्वजनिक हुने अनुमान गरिएको छ ।
जुन ६ अर्थात् आउँदो सोमबार एप्पलको वार्षिक वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स (डब्लूडब्लूडीसी) सुरु भएर जुन १० सम्म चल्नेछ ।
कार्यक्रममा केही सीमित डेभलपरहरूले मात्र भौतिक रुपमा कार्यक्रममा सहभागिता जनाउनेछन् । यो अवसरमा एप्पलले आईओएस १६, आईप्याडओएस १६ र म्याकओएस १३ सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
यसका साथै कार्यक्रममा कम्पनीले टिभीओएस, वाचओएस र होमपड पनि सार्वजनिक गर्नेछ ।
आईओएसमा र आईप्याडओएसमा विशेष अपडेट आउने चर्चा छ ।
आईओएसको नोटिफिकेसन फिचरदेखि आईप्याडओएसको मल्टिटास्किङ फिचर लगायतमा नयाँ अपडेट आउने बताइएको छ ।
यसका साथै आईम्यासेजमा पनि नयाँ अपडेट आउने अनुमान गरिएको छ ।
कम्पनीले यो पटक भर्चुअल रियालिटी तथा अगमेन्टेड रियालिटी हेडसेटहरूका लागि रियालिटी ओएस सार्वजनिक गर्ने चर्चा छ ।
त्यस्तै कम्पनीले एआर/भीआर हेडसेट सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
साथै कम्पनीले ‘एमटु’ एप्पलको सिलिकन प्रोसेसर सहितको म्याकबुक एयर पनि सार्वजनिक गर्नेछ । सोही प्रोसेसर अपग्रेड गरिएको म्याक मिनी पनि सार्वजनिक हुने चर्चा छ ।