close

आईटी क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ ? एप्पलले दिँदैछ अनलाइन तालिम

टेकपाना टेकपाना

जेठ २१, २०७९ १४:४४

आईटी क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ ? एप्पलले दिँदैछ अनलाइन तालिम

काठमाडौं । के तपाईं सूचना प्रविधि क्षेत्रमा आफ्नो भविष्य बनाउनेबारे सोच्दै हुनुहुन्छ ? यदि सोच्दै हुनुहुन्छ भने एप्पल कम्पनीबाट सुरुवात गर्न सक्नुहुन्छ ।

एप्पलले आईटीमा काम गरिरहेका अथवा काम गर्न चाहेका व्यक्तिहरूलाई लक्षित गर्दै आईफोन, म्याक लगायत एप्पलका अन्य उपकरण सम्बन्धी तालिम प्रदान गर्ने भएको छ ।

तालिमको पाठ्यक्रमको लागि यहाँ क्लिक गर्नुहोस् ।

एप्पल डिभाइस सपोर्ट र एप्पल डिप्लोइमेन्ट एन्ड म्यानेजमेन्ट नामक पाठ्यक्रम अन्तर्गत रहेर तालिम लिन सकिने छ ।

एप्पल डिभाइस सपोर्ट पाठ्यक्रमले एप्पलका उत्पादनहरूका लागि उपकरण, सेवा र उत्कृष्ट अभ्यासहरू समावेश गर्दछ, र कम्पनीको यो पाठ्यक्रमले लगभग १४ घण्टाको अनलाइन सामग्री तयार पारेको छ ।

यो तालिम पूरा भएपछि तपाईंले प्रमाणपत्र प्राप्त गर्न सक्नुहुन्छ र अर्को पाठ्यक्रममा जानको लागि तपाईंले परीक्षा दिनुपर्ने हुन्छ ।

यो पाठ्यक्रमपछि आउने एप्पल डिप्लोइमेन्ट र म्यानेजमेन्ट कोर्षले मोबाइल डिभाइस व्यवस्थापन प्रयोग गरेर एप्पल उत्पादनहरूलाई कन्फिगर गर्ने, व्यवस्थापन गर्ने र सुरक्षित गर्ने तरिका सिकाउनेछ ।

यो पाठ्यक्रममा करिब १३ घण्टाको अनलाइन सामग्री उपलब्ध छ । प्रत्येक पाठ्यक्रम सकिएपछि परीक्षा दिनको लागि भने १४९ डलर (१८,५०० रुपैयाँ) शुल्क तिर्नुपर्ने हुन्छ ।

यद्यपि कोही प्रशिक्षार्थी शुल्क तिर्न असमर्थ छ भने यस्तो अवस्थाको लागि एप्पलले छात्रवृत्तिको पनि व्यवस्था गरेको छ । आर्थिक समस्या भएका व्यक्तिले छात्रवृत्तिमा आवेदन दिएर यो तालिम लिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३