close

स्मार्टफोन असरः डीएसएलआर क्यामेराबाट पछि हट्दै निकोन

टेकपाना टेकपाना

असार २९, २०७९ १३:१४

स्मार्टफोन असरः डीएसएलआर क्यामेराबाट पछि हट्दै निकोन

काठमाडौं । डिजिटल सिंगल लेन्स रिफ्लेक्स(डीएसएलआर) क्यामेराका लागि चर्चित जापानिज कम्पनी निकोन डीएसएलआर क्यामेरा उत्पादनबाट बाहिरिने भएको छ । स्मार्टफोन क्यामेराको बढ्दो प्रयोगका कारण कम्पनी डीएसएलआर उत्पादनबाट पछि हट्दै मिररलेस क्यामेरातर्फ केन्द्रित भइरहेको प्रतिवेदन सार्वजनिक भएको छ ।

पछिल्लो केही वर्षयता डीएसएलआर क्यामेराको मूल्य निरन्तर घटिरहेको छ । हुन त मिररलेस क्यामेराको अवस्था पनि उस्तै छ । तर, बजार समेत गुमाउँदै गएको डिएसएलआरको स्थानमा बढ्दो मिररलेस क्यामेराको बजारलाई कम्पनीले पछ्याउने तयारी गरेको हुनसक्ने आँकलन गरिएको छ । हाल कम्पनीको ५० प्रतिशत बजार मिररलेस क्यामेराकै रहेको छ ।

निकोन विश्वको दोस्रो ठुलो एसएलआर क्यामेरा निर्माता कम्पनी हो । क्यानन पछि दोस्रो स्थानमा रहेको निकोनले स्मार्टफोन क्यामेराबाट पाएको ठुलो चुनौतीका कारण यो कदम चालेको हुनसक्ने जनाइएको छ । कम्पनीले सन् २०२१ मा ४ लाख डीएसएलआर क्यामेरा बिक्री गरेको थियो ।

सन् २०२० मा सार्वजनिक गरेको निकोन डीसिक्स नै कम्पनीको पछिल्लो उत्पादन हो । त्यसयता कम्पनीले कुनैपनि नयाँ डीएसएलआर क्यामेरा सार्वजनिक गरेको छैन् । यसअघि नै कम्पनीले कम्प्याक्ट डिजिटल क्यामेरा उत्पादन बन्द गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३