काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेकाे छ । बुधबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको छ ।
हामीले यहाँ एसईईको नतिजा हेर्ने विभिन्न माध्यमका बारेमा जानकारी दिएका छौं ।
मेसेज गरेर नतिजा हेर्ने तरिका
एसईईको नतिजा नेपाल टेलिकमको एसएमएसमार्फत हेर्न उल्लेखित प्रक्रिया अपनाउनुहोस् ।
सबैभन्दा पहिले मोबाइलमा मेसेज एप खोल्नुहोस् ।
त्यसपछि न्यु मेसेजको अप्सन ट्याप गर्नुहोस् ।
त्यसपछि SEE लेखेर सिम्बोल नम्बर टाइप गरी १६०० (उदाहरणका लागि- SEE 12345678 टाइप गरी 1600) मा पठाउनुहोस् ।
त्यस्तै नेपाल टेलिकमको आईभीआर मार्फत नतिजा सुन्न १६०० मा कल गरेर अपरेटरले दिएको निर्देशन पालना गर्दै सिम्बोल नम्बर टाइप गरिसकेपछि नतिजा थाहा पाउने सकिन्छ ।
त्यस्तै स्प्याराे एसएमएसबाट नतिजा हेर्नका लागि माथिकै जस्ताे (उदाहरणका लागि- SEE 12345678) प्रक्रिया अपनाई ३५००१ मा एसएमएस पठाउनुहाेस् ।
त्यसैगरी इजी सर्भिस प्रालिमार्फत एसएमएसमा नतिजा हेर्न माथिको प्रक्रिया अपनाई ३४९४९ मा एसएमएम पठाउनुहाेस् ।
त्यस्तै आकाश टेक प्रालिमार्फत एसएमएसमा एसईई नतिजा हेर्न माथिको प्रक्रिया अपनाई ३१००३ मा एसएमएस पठाउन सकिनेछ ।
एसएमएस र आईभीआर सेवामार्फत जीपीएमात्र थाहा पाउन सकिन्छ । यदि सम्पूर्ण विषयको ग्रेड थाहा पाउनु छ भने अनलाइनबाट हेर्नुपर्ने हुन्छ ।
वेबसाइटबाट नतिजा हेर्ने तरिका
अनलाइनबाट नतिजा हेर्नका लागि परीक्षा नियन्त्रण कार्यलयले नौ ओटा साइटलाई स्वीकृति दिएको छ । सम्पूर्ण विषयमा आएको ग्रेड थाहा पाउनका लागि सिम्बोल नम्बर र जन्ममिति आवश्यक पर्छ ।
त्यसपछि तल उल्लेखित साइटबाट हेर्न सक्नुहुन्छ ।
-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा १० बाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
-राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।