close

साइबर अपराधीले यसरी दुरूपयोग गर्न सक्छन् तपाईँको ईमेल एड्रेस

टेकपाना टेकपाना

भदौ ५, २०७९ १९:६

साइबर अपराधीले यसरी दुरूपयोग गर्न सक्छन् तपाईँको ईमेल एड्रेस

काठमाडौं । साइबर अपराधी वास्तवमा निकै चनाखाे हुन्छन् । उनीहरू निरन्तर इन्टरनेट प्रयोगकर्ताको डेटा चोर्न, अकाउन्ट ह्याक गर्न वा उनीहरूले गरेको कमाइ आफ्नो हात पार्न विभिन्न तरिका खोजिरहेका हुन्छन् ।

इन्टरनेटको दुनियाँमा आफूले केही नगर्दा सुरक्षित भइन्छ भन्ने मनोभावना राख्नु गलत हो । तपाईं जोसुकै भएपनि तपाईंको डेटा चोरी वा अकाउन्ट ह्याक नहोला भन्न सकिँदैन ।

त्यसैले हरेक पटक इन्टरनेट प्रयोग गरिरहँदा यो जोखिमलाई ख्याल गरिरहनु पर्ने हुन्छ ।

स्क्यामरले प्रयोगकर्ताको ईमेल एड्रेस लगिसकेपछि के-के गर्छन् होला ? 

गत अगस्ट १६ का दिन क्लाउड स्टोरेज प्रदायक डिजिटल ओसनलाई ब्रिच (लिक) भएका डेटा कसरी प्रयोग भइरहेका छन् भन्ने कुरा बाहिर ल्याउन बाध्य पारियो ।

त्यसपछि डिजिटल ओसनले एक सूचना प्रकाशन गर्दै प्रयोगकर्ताको ईमेल एड्रेस अनाधिकारिक व्यक्तिले प्रयोग गरिरहेको जानकारी दियो ।

ईमेल एड्रेस चोरी हुने घटना दिनानुदिन बढ्दै गइरहेका छन् । कहिलेकाहिँ ईमेल एड्रेसमात्र चोरी भएका हुन्छन् भने कहिलेकाहिँ ईमेल एड्रेससहित पासवर्ड पनि चोरी भइरहेका हुन्छन् ।

ईमेल एड्रेस चोरी हुँदा स्क्यामरले त्यसलाई कसरी प्रयोग गर्न सक्छन् भन्ने कुराको जानाकरी तल दिइएको छ ।

डेटा लिक भएको अनुसन्धानले ईमेल एड्रेस प्रयोगमा भइरहेको देखाउँछ

इन्टरनेटमा ईमेलको सङ्ख्या असीमित छ । यदि जीमेलमार्फत खोल्न सकिने ईमेल एड्रेसलाई हेर्ने हो भने पनि त्यसका खरबौँ सम्भावना रहेका छन् ।

ईमेल एड्रेस बनाउन सकिने अन्य प्रदायकलाई हेर्ने हो भने त असीमित नै छन् भन्दा फरक पर्दैन ।

स्क्यामरले मानिसहरूलाई आफ्नो उद्देश्यको शिकार बनाउन हरसमय प्रयास गरिरहेका हुन्छन्, जसले गर्दा उनीहरूले सम्भावित बढी प्रयोग हुने शब्द, वाक्यांश वा अक्षर प्रयोग गरिरहेका हुन्छन् ।

यसरी लिक भएका विभिन्न ईमेललाई स्क्यामरले सेभ गरेर त्यसलाई बिक्री गर्ने गर्छन् । यदि तपाईंको ईमेल एड्रेस पनि कुनै स्क्यामरले आफ्नो हातमा पारेको छ भने तपाईंलाई अनावश्यक ईमेल आइरहेका हुन्छन् ।

फिशिङ आक्रमण गर्न तपाईंको ईमेल एड्रेस प्रयोग हुन्छ

फिशिङ (माछालाई चारो राखेर फसाएजस्तै इन्टरनेटमा स्क्यामरले प्रयोगकर्तालाई फसाउने तरिका) का लागि प्रयोगकर्ताको ईमेल एड्रेस सर्वाधिक प्रयोग गरेको पाइन्छ ।

कुनै पनि प्रयोगकर्ताको ईमेल एड्रेस ह्याकरले थाहा पाएको खण्डमा सो प्रयोगकर्तालाई फसाउने ईमेलमार्फत विभिन्न आहार फ्याँकिरहेका हुन्छन् ।

यसमा विशेषगरी कुनै पनि प्रयोगकर्तालाई उपहार, विज्ञापनको लोभ देखाएर फसाउने काम भइरहेको हुन्छ ।

तपाईंको ईमेल एड्रेसले स्क्यामरलाई तपाईंको कन्ट्याक्टमा भएका मानिसमा टार्गेट राख्न सहज बनाउँछ

ब्रिच भएको डेटाले पीडितको ईमेलले उनीहरूको नजिकको मान्छेलाई फसाउने गरेको तथ्य बाहिर ल्याएको छ । स्क्यामरले सो व्यक्ति कोसँग नजिक छ भन्ने कुरा पहिचान गरी उनीहरूको ईमेलबाट निशानामा राख्छन् ।

आफ्नो नजिकको मान्छेले मेल पठाएपछि उनीहरू त्यहाँ भनिएका विभिन्न प्रक्रिया केही नसोची अपनाउँछन् । त्यसपछि उनीहरू पनि स्क्यामरको शिकार बन्छन् ।

ईमेल प्रयोग गरी विभिन्न साइटको एक्सेस पाउँछन्

ईमेल एड्रेस पछिल्लो समय विभिन्न प्रयोजनका लागि प्रयोग गरेको पाइन्छ । सामाजिक सञ्जालका अकाउन्टदेखि वित्तीय संस्थाको अकाउन्ट बनाउन प्राय ईमेल एड्रेस प्रयोग गरेको पाइन्छ ।

यदि स्क्यामरले ईमेल एड्रेसको पासवर्ड पाए भने त्यसबाट विभिन्न साइटको लगइन डिटेल चोरेर त्यसको पनि दुरुपयोग गर्न सक्छन् ।

त्यस्तै यदि स्क्यामरलाई तपाईंको ईमेल एड्रेस मात्र थाहा छ, उसलाई पासवर्ड पत्ता लगाउन पर्‍यो भने उसले पासवर्ड पाउन सक्ने विभिन्न विधि अपनाउँछ ।

सबैभन्दा पहिले स्क्यामरले पासवर्ड अनुमान गर्छ । त्यसैले पनि पासवर्ड राख्दा जहिले युनिक पासवर्ड राख्नुपर्छ । क्रमबद्ध आउने अङ्क तथा अक्षर राख्न हुँदैन ।

यदि यसरी पासवर्ड अनुमान गर्दा मिलेन भने भने फिशिङ गर्नतर्फ लाग्छ । त्यसैले आफ्नो अकाउन्ट सुरक्षित राख्नका लागि सावधानी अपनाउनु पर्छ । यदि तपाईं सजग हुनु भएन भने तपाईंको ईमेल एड्रेस तपाईँकै विरुद्धमा प्रयोग भइरहेको हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४