close

फेसबुकमा ‘मेयर उपमेयर हराएको’ भन्दै पोस्ट गर्ने युवा पक्राउ

टेकपाना टेकपाना

भदौ १३, २०७९ ८:८

फेसबुकमा ‘मेयर उपमेयर हराएको’ भन्दै पोस्ट गर्ने युवा पक्राउ

बिर्तामोड । सामाजिक सञ्जालमार्फत बिर्तामोडको मेयर र उपमेयर हराएको भन्दै फेसबुकमा पोष्ट गर्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गलत भ्रम फैलाएको भन्दै बिर्तामोड नगरपालिका–४ का २२ वर्षीय राजु बिमलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले आइतबार नियन्त्रणमा लिएको डिएसपी रुगम बहादुर कुँवरले बताए ।

आवश्यक कारबाहीका लागि बिमलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । 

शनिबार राति मेयर पवित्रा महतारा र उपप्रमुख नगेन्द्र प्रसाद सङ्रौलाको तस्वीर राखेर बिमलीले मेयर, उपमेयर हराएको भन्दै फेसबुकमा पोष्ट गरेका थिए । 

बिमली दमकमा आईटी अध्ययन गर्दै आएका विद्यार्थी भएको पाइएको प्रहरीले जनाएको छ ।  

-गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३