close

पोडकास्ट एप बन्दै ट्वीटर

टेकपाना टेकपाना

भदौ १३, २०७९ १३:१३

पोडकास्ट एप बन्दै ट्वीटर

काठमाडौं । ट्वीटरमा पोडकास्ट फिचर आएको छ । योसँगै अब ट्वीटर प्रयोगकर्ताले ‘ट्वीटर स्पेस’मा आफ्नो छुट्टै पोडकास्ट सार्वजनिक गर्न सक्नेछन् ।

स्पेस ट्याब अन्तर्गत थप गरिएको पोडकास्ट विश्वभरका प्रयोगकर्ताले आईओएस र एन्ड्रोइडमार्फत प्रयोग गर्न सक्नेछन् । थप गरिएको पोडकास्ट फिचरलाई ‘स्टेसन्स’ नाम दिइएको छ ।

यसमा प्रयोगकर्ताले आफ्नो रुचिअनुसार समाचार, संगीत, खेलकुद लगायतका विभिन्न शीर्षकमा पोडकास्ट सुन्न सक्नेछन् ।

प्रयोगकर्ताले फलो गरेको प्रयोगकर्ताको सामग्री मात्र देख्न र सुन्न सक्नेछन् । योसँगै प्रयोगकर्ताले आफूले सुन्न चाहेको लाइभ वा रेकर्ड गरिएको सामग्रीमात्र सुन्न पनि सक्नेछन् ।

कसरी प्रयोग गर्ने पोडकास्ट ? 

– ट्वीटरको स्पेस अप्सनमा जानुहोस् ।

– त्यहाँ उपलब्ध तीनवटा अप्सन मध्ये सबैभन्दा माथि नै स्टेशन नामको ट्याब देख्न सकिन्छ । उक्त ट्याबमा क्लिक गर्नुहोस् ।

– उपलब्ध विभिन्न शीर्षक मध्ये आफूलाई रुचि भएको शीर्षकमा क्लिक गर्नुहोस् र पोडकास्ट सुन्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३