स्किल सेवामा थपियो पेन्टिङ सेवा, अत्याधुनिक प्रविधिबाट घर पेन्टिङ गर्ने दाबी
भदौ १३, २०७९ २०:४०
काठमाडौं । घर, अफिस, होटेल तथा अन्य सङ्घ संस्थाका लागि अनलाइन मार्फत परामर्श तथा मर्मत सेवा दिँदै आएको कम्पनी स्किल सेवाले पेन्टिङ सेवा थप गरेको छ । उपभोक्ताले घरमा पेन्टिङ गर्दा भोगेका विभिन्न समस्यालाई सम्बोधन गर्न यो सुविधा ल्याइएको कम्पनीका प्रमुख निर्देशक रमेश तिमिल्सिनाले जानकारी दिए ।
“घरमा पेन्टिङ गर्दा विभिन्न समस्याहरू देखा पर्ने गरेका छन्,” उनले भने, “यदि कसैलाई ठेक्का दिइएको छ भने उनीहरूले राम्रोसँग काम नगर्ने र गुणस्तरहीन सामग्रीको प्रयोग गर्दा पेन्टिङको गुणस्तर कम हुँदै गएको छ । त्यसलाई समाधान गर्न हामीले उच्च गुणस्तरका सामग्री, दक्ष जनशक्ति र उन्नत प्रविधिको प्रयोग गर्नेछौँ ।”
घरमा पेन्टिङ गर्नका लागि हरेक रङ्गको फरक फरक अर्थ हुने भएकाले विज्ञको सल्लाह लिनुपर्ने कुरामा तिमिल्सिनाले जोड दिएका छन् । यस्ता विविध झन्झटबाट सहजै मुक्ति दिलाउन स्किल सेवाले पेन्टिङ सेवा ल्याएको बताएको छ ।
आफूले उपलब्ध गराएका विविध सेवामा वारेन्टीको सुविधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । स्किल सेवाले उपलब्ध गराउने पेन्टिङ सेवा उक्त कम्पनीको आधिकारिक वेबसाइटबाट बुकिङ गर्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
