close

फेसबुक लाइटमा देखियो समस्या

टेकपाना टेकपाना

भदौ १५, २०७९ १७:०

फेसबुक लाइटमा देखियो समस्या

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको मोबाइल एप्लिकेसन ‘फेसबुक लाइट’मा समस्या देखिएको छ ।

एप खोल्न खोज्दा प्रयाेगकर्तालाई अपडेट गर्न अनुराेध गरिएकाे छ ।

तर, गुगल प्ले स्टोरमा गएर अपडेट गरेर पुनः खोल्दा पनि उही समस्या दोहोरिने गरेकाे छ ।

एप अनइन्स्टल गरेर इन्स्टल गर्दा समेत साेही समस्या देखिएकाे प्रयाेगकर्ताले गुनासाे गरेका छन् ।

यसबारे फेसबुकले भने आधिकारिक जानकारी दिएकाे छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३