काठमाडौं । मोबाइल कम्पनीहरूले वाटर रेसिस्टेन्ट अर्थात् पानी प्रतिराेधी फोन निर्माण गरिरहँदा पानीमुनि मोबाइलको प्रयोगको औचित्य खोज्न थालिएको छ ।
पानीको गहिराइमा लान सकिए पनि माेबाइल सिग्नल सपाेर्ट नहुँदा यसबाट क्यामेरा मात्रै प्रयाेग गर्न सकिने अवस्था छ । यही विषयलाई सम्बोधन गर्दै अमेरिकाको वासिङ्टन विश्विविद्यालयका अनुसन्धानकर्मीले पानीमुनि पनि सञ्चार गर्न सकिने एप तयार पारेका छन् ।
यो एपले ध्वनि संकेतहरू प्रयोग गरेर पानीमुनि भएका अन्य प्रयोगकर्तालाई मेसेज पठाउन सकिने बताइएकाे छ ।
मानिसहरू पानीमा डुबेको अवस्थामा यो एप उपयुक्त हुने अनुसन्धानकर्मीकाे विश्वास भएपनि केही मानिसले मनोरञ्जन र व्यावसायिक ड्राइभिङ गरेको अवस्थामा पनि यो प्रविधि प्रयोग गर्न सकिने तर्क गरेका छन् ।
यो एपले पैदा गर्ने रेडियो तरंगहरू पानीले सोस्नसक्ने गरी बनाइएको छ, जसले सिग्नल नभएको अथवा फोनको नेटवर्क नभएको ठाउँमा पनि मेसेज पठाउन र पाउन सकिन्छ ।
अर्कोतर्फ, ध्वनि तरंगहरू पानीको माध्यमबाट सजिलैसँग प्रवाह हुने भएकाले सन्देश प्रदान गर्न सहज हुने अनुसन्धानकर्मीले जनाएका छन् ।