काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत अनलाइनमार्फत हवाईजहाज, बस, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाईजहाजको टिकेट काट्दा यात्रुले आकर्षक अफरहरू प्राप्त गर्ने जनाइएको छ ।
यो सेवा प्रयोग गर्ने मध्येबाट एक जना प्रयोगकर्ताले बम्पर उपहार स्वरुप नयाँ सुजुकी एभेनिस स्कुटर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत पहिलो पटक हवाइजहाज टिकट खरिदकर्ताको लागि थप ३ प्रतिशत अथवा तीन सय रुपैयाँसम्म क्यासब्याक प्राप्त हुनेछ ।
त्यसका लागि प्रोमोकोड ‘NAYA’ प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार तीन ओटा टिकट खरिद गर्दा थप १५० रुपैयाँ प्राप्त गर्न सकिनेछ ।
यसका लागि प्रोमोकोड थ्रिपावर(3power) उल्लेख गर्नुपर्नेछ । यस्तै इसेवा मार्फत भदौ १६ गतेदेखि एक महिनासम्म होटल बुक गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।
इसेवा मार्फत होटल बुक गर्दा भदौ २२ र असोज १ गते १ बजेदेखि १ः३० बजेसम्म आधा घण्टाका लागि ५० प्रतिशत अथवा ४ हजारसम्म छुट प्राप्त गर्न सकिने जनाइएको छ । यस्तै भदौ १९, भदौ २२, असोज २ गते बुक गर्दा एक जोडीले ५ हजार बराबरको होटलमा बस्न पाउनेछन् ।
यस्तै अफर अन्तर्गत बसको टिकट काट्दा हरेक दिन एक जना व्यक्तिले २ सय प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय हवाइ टिकट खरिदमा हरेक आइतबार बेलुकी ४ देखि ५ बजेसम्म ५ प्रतिशत अथवा २५ सय सम्म क्यासब्याक प्राप्त गर्न सकिने जनाइएको छ ।
यो अफर भदौ १६ देखि असोज १६ गतेसम्म लागू हुनेछ । तर, यसका लागि प्रोमो कोड अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने कम्पनीले जनाइएको छ ।