close

रकम उल्लेख गर्नुपर्ने स्थानमा अकाउन्ट नम्बर राख्दा क्रिप्टो प्रयोगकर्ताको खातामा पुग्यो ९२ करोड

टेकपाना टेकपाना

भदौ १७, २०७९ १२:१३

रकम उल्लेख गर्नुपर्ने स्थानमा अकाउन्ट नम्बर राख्दा क्रिप्टो प्रयोगकर्ताको खातामा पुग्यो ९२ करोड

काठमाडौं । तपाईं हामी आफैले पनि एउटा बैंकबाट अर्को बैंकमा पैसा पठाउँदा कति पटक रकम उल्लेख गर्नुपर्ने स्थानमा अकाउन्ट नम्बर राखेको अनुभव होला । नेपाली बैंकहरूको अकाउन्ट नम्बर धेरै हुने हुँदा त्यसरी झुक्किएको खण्डमा पनि पैसा अर्को खातामा गइहाल्ने डर भने कमै हुन्छ । तर, पनि यस्तो विषयमा सावधानी अपनाउन भने आवश्यक छ ।

यस्तै सामान्य कमजोरीको सिकार ‘क्रिप्टो’ परेको छ । क्रिप्टो एक्सचेन्ज प्लेटफर्म ‘क्रिप्टो’ बाट एकजना प्रयोगकर्ताको खातामा ७.२ मिलियन डलर अर्थात ९२ करोड १२ लाख भन्दा बढी रकम पुगेको छ । रकम उल्लेख गर्नुपर्ने स्थानमा क्रिप्टो अकाउन्ट राख्दा अस्ट्रेलियन नागरिक थेवामनोगरी मानिभेलको खातामा रकम पुगेको हो ।

मानिभेलले जम्मा ८६ डलर अर्थात करिब ९ हजार रुपैयाँमात्रै पाउनु पर्ने थियो । तर, कम्पनीका काम गर्ने कर्मचारीबाट भएको उक्त कमजोरीका कारण ठुलो रकम मानिभेलको खातामा पुगको हो । रकम गएको ७ महिनापश्चात् मात्रै कम्पनीले यो विषय थाहा पाएको छ ।

कम्पनीले सन् २०२१ को मे महिनामा मानिभेलको खातामा रकम पठाएको थियो । भने, डिसेम्बरमा आएर कम्पनीको आर्थिक अडिट गर्दा कमजोरीका कारण रकम मानिभेलको खातामा पुगेको देखियो । यो बिचमा उक्त रकमबाट केही खर्च भइसकेको थियो ।

मानिभेलले पनि कम्पनीलाई रकम प्राप्त भएको विषयमा जानकारी गराउनुको साटो आफ्नो अर्को अकाउन्टमा ट्रान्सफर गरिसकेका थिए । भने, बाँकी रहेको रकम १.३ मिलियन अस्ट्रेलियन डलरमा आफ्नो दिदीलाई ५ ओटा कोठा भएको घर किनिदिएका थिए ।

यस्तोमा कम्पनीले यती बेला उक्त रकम फिर्ता लिनका लागि कानुनी लडाइ सुरु गरेको छ । कम्पनीले भिक्टोरिया स्थित उच्च अदालतमा मुद्दा दायर गरेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३