close

ड्युटीमा बसेका प्रहरीले फोन चलाउन नपाउने

टेकपाना टेकपाना

भदौ १७, २०७९ १३:१९

ड्युटीमा बसेका प्रहरीले फोन चलाउन नपाउने

काठमाडौं । अब ड्युटीमा रहेका प्रहरीले मोबाइल फोन चलाउन नपाउने भएका छन् । ड्युटीमा रहेकाे बेला प्रहरी फोनमा भुल्न थालेपछि यस्ताे व्यवस्था कार्यान्वयनमा कडाइ गर्न लागिएकाे हाे ।

टेकपानासँग कुरा गर्दै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले भने, “ड्युटीमा बसेको प्रहरीले फोन बोक्नै नपाउने भन्ने होइन । फोन बोक्न पाउँछन्, तर अत्यावश्यक कामका लागि मात्रै । फेसबुक र टिकटकमा अल्झिँदा काममा त्रुटि आउने देखियाे ।”

पछिल्लो समय ड्युटीमा तैनाथ प्रहरीले फाेन प्रयोग गर्ने क्रम बढेपछि कडाइ गरिएकाे उनकाे भनाइ छ ।

“हामीसँग पर्याप्त वाकिटकी छैन । त्यसैले फोन बोक्न प्रतिबन्ध लगाएका होइनौं । प्रयोग गर्नै परे अनुमति लिनुपर्छ ।”

उनका अनुसार प्रहरीले अब ड्युटीको बेला फोन साइलेन्स वा भाइब्रेसन मोडमा राख्नुपर्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३