close

दाँत कोट्याउने सिन्को उत्पादनका लागि मसिन निर्माण गर्दै आविष्कार केन्द्र

टेकपाना टेकपाना

भदौ १७, २०७९ १४:४९

दाँत कोट्याउने सिन्को उत्पादनका लागि मसिन निर्माण गर्दै आविष्कार केन्द्र

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले टुथपिक (दाँत कोट्याउने सिन्को) उत्पादनका लागि मसिन निर्माण गर्ने भएको छ ।

आगामी वैशाखसम्म यस्तो मसिनको निर्माण गर्नेगरी आविष्कार केन्द्रले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रबीच एक साझेदारी गरेको हो ।

त्यस्तै केन्द्रले काेदाे प्रशाेधन गर्ने मसिन, सिन्केधुप, झाडु, बाँसको मुडा लगायतका सामग्री उत्पादन गर्ने मसिन समेत बनाउने छ ।

यसका लागि सरकारले यो आर्थिक वर्षमा आविष्कार केन्द्रलाई ४० लाख रुपैयाँ प्रदान गर्ने भएकाे छ ।

लघु, घरेलु तथा साना उद्योगका लागि आवश्यक पर्ने प्रविधिको अध्ययन अनुसन्धान र विकासका लागि याे साझेदारी गरिएकाे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३