close

फोन रिसेट गर्दै हुनुहुन्छ ? यसरी ब्याकअप गर्नुहोस् महत्त्वपूर्ण फाइल

टेकपाना टेकपाना

भदौ १७, २०७९ १६:३७

फोन रिसेट गर्दै हुनुहुन्छ ? यसरी ब्याकअप गर्नुहोस् महत्त्वपूर्ण फाइल

काठमाडौं । हामीलाई विभिन्न कारण फोन रिसेट गर्नुपर्ने हुनसक्छ । फ्याक्ट्री रिसेट गर्दा फाेनमा रहेका फाइल पनि गुम्ने सम्भावना हुन्छ । त्यस्तै कतिपय अवस्थामा पुरानो फोनको डेटा नयाँ फोनमा सार्दा पनि झन्झट हुने गर्छ । त्यसका लागि तपाईँले गुगल ड्राइभको सहायता लिन सक्नुहुन्छ ।

गुगल ड्राइभ एप सबै एन्ड्रोइड फोनमा पहिल्यै इन्स्टल भएर आउने एप हो । तपाईंले सामान्यतः यसलाई क्लाउड स्टोरेज (विभिन्न फाइल भण्डारण) का लागि प्रयोग गरिरहनु भएको हुनसक्छ ।

यसलाई इमेज स्क्यानर, फाइल शेयरिङ र अन्य थुप्रै कामका लागि पनि प्रयोग गर्न सकिन्छ । आज हामी गुगल ड्राइभलाई ब्याकअपका रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौँ ।

फोन रिसेट गर्दा वा पुरानो फोनबाट नयाँ फोनमा स्थानान्तरण हुँदा आफ्ना सम्पूर्ण डेटा गुगल ड्राइभको सहयोगमा ब्याकअप गर्न सकिन्छ ।

तपाईँले गुगलको यो सेवा प्रयोग गरेर आफ्नो सिस्टम, एप, डेटाहरू सुरक्षित राख्न सक्नुहुहन्छ, जसलाई आवश्यक पर्दा डाउनलोड गरी पुनः फिर्ता ल्याउन सकिन्छ ।

गुगल ड्राइभलाई ब्याकअपका रूपमा प्रयोग गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

सबैभन्दा पहिले गुगल ड्राइभ खोल्नुहोस् ।

-त्यसपछि बायाँपट्टि रहेको तीन ओटा बारमा ट्याप गरेर सेटिङमा जानुहोस् ।

-त्यसपछि ब्याकअप एण्ड रिसेटको अप्सनमा जानुहोस् ।

-त्यसपछि अकाउन्ट स्टोरेजमा ट्याप गरेर आफूले कुन अकाउन्टमा ब्याकअप राख्न चाहेको भन्ने छान्नुहोस् ।

-त्यसपछि तल रहेको टर्न अनमा ट्याप गर्नुहोस् ।

-त्यसपछि ब्याक अप नाउमा त्यसपछि फोनमा राखेको पिन नम्बर वा प्याटर्न राख्नुहोस् ।

-त्यसपछि कन्फर्म गर्नुभयो भने ब्याकअप हुन सुरु हुन्छ ।

(यसका लागि तपाईंको फोनमा वाई-फाई नेटवर्क वा डेटा चलिरहेको हुनुपर्छ ।)

ब्याकअप हुने काम सकिएपछि के के ब्याकअप भयो भनेर हेर्न वा नयाँ फोनमा ब्याकअप डाउनलोड गर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

  • सबैभन्दा पहिले नयाँ फोनमा वा सोही फोनमा ब्याकअप गर्दा प्रयोग गरेको अकाउन्ट छानेर लगइन गर्नुहोस् । (यदि फोनमा एउटा मात्र गुगल अकाउन्ट छ भने यस्तो गरिरहन आवश्यक पर्दैन ।)
  • त्यसपछि गुगल ड्राइभ खोल्नुहोस् ।

-त्यसपछि दायाँपट्टि रहेको तीन ओटा लाइनमा ट्याप गर्नुहोस् ।

-त्यसपछि ब्याकअपको अप्सन छान्नुहोस् ।

-त्यहाँ आफूलाई आवश्यक कुराहरू डाउनलोड गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३