काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो भित्र्याएको छ । सार्वजनिक भएको बड्स २ प्रोमा एटिक्भ न्वाइज क्यान्सिलेसन फिचर छ, जसमार्फत प्रयोगकर्ताले आनन्ददायी म्युजिकको मजा लिनसक्ने कम्पनीकाे भनाइ छ ।
कम्पनीका अनुसार यसले हाई-फाई २४ बिट अडियो प्रदान गर्ने हुँदा उच्च गुणस्तरीय आवाजको साथमा प्रयोगकर्ताले रियल कन्सर्टमा सहभागी भएको अनुभव लिन सक्नेछन् ।
त्यतिमात्रै नभएर यसमा उपलब्ध एटिक्भ न्वाइज क्यान्सिलेसन फिचरको मद्दतले बाहिरको अनावश्क आवाजलाई रोक्नेछ । भने, बाहिर कसैले बोलेको आवाज भने मज्जाले सुनिने छ ।
त्यो हुँदा गीत सुन्दै अरुले बोलेको कुरामा समेत ध्यान दिएर काम गर्न सकिन्छ ।
यसअघिका एयर बड्सको तुलानमा साइजमा समेत केही परिवर्तन गरेको छ । भने, डिजाइमा पनि निकै परिमार्जन गरिएको छ, जसको बजार मूल्य २७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
त्यस्तै कम्पनीले ग्यालेक्सी वाच ५ र वाच ५ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ ।
यसअघिका डिभाइसको तुलनामा परिमार्जन र परिस्कृत गर्दै कम्पनीले नयाँ डिजाइनका साथ उपलब्ध गराएको छ । दुवै ग्यालेक्सी वाच ५ र वाच ५ प्रोमा भएको बायोएक्टिभ सेन्सर प्रयोग गरिएको छ ।
त्यो हुँदा प्रयोगकर्ताको कृयाकलापलाई राम्रोसँग मापन गर्न सक्ने दाबी कम्पनीको छ ।
यसमा पहिलो पटक जीपीएस समेत जडान गरिएको छ । त्यो हुँदा आफ्नो यात्राको रेकर्ड राख्न सकिने छ ।
दुवै वाच ५ र वाच ५ बडी कम्पोजिसन मेजरमेन्ट टुल राखिएको हुँदा प्रयोगकर्ताहरुलाई वर्कआउटहरु वा प्रशिक्षणद्वारा आफ्नो व्यक्तिगत लक्ष्य तोक्न सहयो पुग्नेछ ।
साथै यसमा कतै लडेको खण्डमा आकस्कि कल गर्न सकिने फिचर समेत उपलब्ध रहेको छ । साथै वाचमा प्रयोगकर्ता निदाउँदाको स्कोर ट्रयाक राख्ने, तपाईंको आरामको समय बढाउने जस्ता विशेषताहरुका समेत रहेका छन् ।
प्रयोगकर्ताको निन्द्रा खलबलिन नदिन बत्ती, एसी र टिभी समेतको तालमेल मिलाउने स्मार्ट थिङ्स एप पनि यसमा उपलब्ध रहेको छ ।
कम्पनीका अनुसार बजारमा ४०, ४४ र वाच प्रो गरी तीन फरक भेरियन्टमा यो वाच उपलब्ध हुनेछ ।
जसको बजार मूल्य क्रमश ३९ हजार ९९९ रूपैयाँ, ४४ हजार ९९९ र वाच ५ प्रोको मूल्य ६४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।