close

ह्वाट्सएप मार्फत भ्रामक समाचार फैलाउने करिब २४ लाख भारतीय अकाउन्टमा प्रतिबन्ध 

टेकपाना टेकपाना

भदौ १८, २०७९ ११:४७

ह्वाट्सएप मार्फत भ्रामक समाचार फैलाउने करिब २४ लाख भारतीय अकाउन्टमा प्रतिबन्ध 

काठमाडौं । ह्वाट्सएपले करिब २४ लाख भारतीय प्रयोगकर्ताको ह्वाट्सएप अकाउन्ट बन्द गरेको छ । 

यही जुलाई एक महिना भित्र मात्र कम्पनीले २३ लाख ९० हजार भारतीय प्रयोगकर्ताको अकाउन्टमा प्रतिबन्ध लगाएको रोयटर्समा प्रकाशित समाचारमा उल्लेख गरिएको छ । कम्पनीलाई प्राप्त विभिन्न अनैतिक कामको रिपोर्टको आधारमा कम्पनीले ती अकाउन्टहरू बन्द गरेको हो । प्रतिबन्ध गरिएको अकाउन्ट मध्ये १४ लाख २०,००० अकाउन्ट भने कम्पनीले आफैले सक्रिय भएर अनैतिक काम भएको आधारमा बन्द गरेको हो । 

यी बाहेक अन्य अकाउन्टहरू भने प्रयोगकर्ताहरूको उजुरीको आधारमा बन्द गरिएको जनाइएको छ । यो भन्दा अघिल्लो महिनामा पनि ह्वाट्सएपले २२ लाख भन्दा बढि भारतीय प्रयोगकर्ताको अकाउन्ट बन्द गरेको थियो । भारतीय सरकारले कडाइ गरेको आईटी कानुनका कारण पनि कम्पनीले अकाउन्टहरू बन्द गर्न बाध्य भएको रोयटर्सले उल्लेख गरेको छ । 

ह्वाट्सएपलाई भारतमा गलत समाचार फैलाउनको लागि प्रयोग भएको आरोप लाग्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३