close

विद्युत प्राधिकरणको ‘एनईए चार्ज’ एप सार्वजनिक, चार्जिङ स्टेसनमा यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

भदौ १८, २०७९ १४:४९

विद्युत प्राधिकरणको ‘एनईए चार्ज’ एप सार्वजनिक, चार्जिङ स्टेसनमा यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय चार्जिङ स्टेसनलाई लक्षित गर्दै ‘एनईए चार्ज’ एप सार्वजनिक गरेको छ । विभिन्न विद्युतीय चार्जिङ स्टेसनलाई चार्जिङको गतिविधिलाई सहज बनाउन उद्देश्यसहित प्राधिकरणले यो एप सञ्चालनमा ल्याएको हो ।

मानिसरहित चार्जिङ स्टेसनमा चार्जिङलाई सहज बनाउनको लागि यो एप ल्याइएको प्राधिकरणका कार्यकारी अध्यक्ष कुलमान घिसिङले बताए ।

यो एपमा भुक्तानी सुविधा देखि लिएर कुन समयमा कुन ठाउँमा चार्जिङ स्टेशन खाली छ भन्ने लगायतका जानकारीहरू हेर्न सकिन्छ ।

यो मार्फत प्रयोगकर्ताले आफ्नो नजिकको चार्जिङ स्टेशन कता छ भनेर म्याप सहित हेर्न र सोही म्यापको आधारमा चार्जिङ स्टेशनमा पुग्न पनि सक्नेछन् ।

एपमा क्यूआर कोड स्क्यामार्फत भुक्तानी गरी चार्ज गर्न सकिनेछ भने एपमै आफ्नो बिल भुक्तानीको हिस्ट्री पनि हेर्न सकिनेछ ।

साथै सवारी कति प्रतिशत चार्ज भयो भनेर पनि हेर्न सकिन्छ । चार्जिङ स्टेसनहरूमा इन्टरनेटको उपलब्धता अथवा यसको विकल्पको विषयमा पनि प्राधिकरणले काम गरिरहेको उनले जानकारी दिए ।

एप डाउनलोड गर्न यहाँ क्लिक र्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३