close

साओमीको २१० वाटको फास्टर चार्जर, ८ मिनेटमै ब्याट्री फुल चार्ज हुने

टेकपाना टेकपाना

भदौ २०, २०७९ १०:५५

साओमीको २१० वाटको फास्टर चार्जर, ८ मिनेटमै ब्याट्री फुल चार्ज हुने

काठमाडौं । स्मार्टफोन निर्माता साओमीले बजारमा चाँडै नै २१० वाट क्षमताको फास्ट चार्जर ल्याउने भएको छ । कम्पनीले यसलाई विश्वकै शक्तिशाली फास्ट चार्जरको रुपमा अघि सारेको छ ।

हालै कम्पनीले यो अल्ट्रा फास्ट चार्जिङ प्रविधिका लागि चिनियाँ प्रमाणीकरणबाट पनि स्वीकृति पाएको छ । खबर अनुसार याे फास्ट चार्जरबाट ४००० एमएएचको ब्याट्री शुन्यबाट १०० प्रतिशतसम्म चार्ज हुन सातदेखि आठ मिनेटसम्मको समय लाग्दछ ।

यो नयाँ चार्जर साओमीका नयाँ फ्ल्यागशिप फोन साओमी १३ र साओमी १३ अल्ट्रामा उपलब्ध हुनसक्ने छ ।

यसअघि स्मार्टफाेन ब्राण्ड आईकूले २०० वाटको फास्ट चार्जर बजारमा ल्याइसकेकाे छ । यस चार्जरबाट ४७०० एमएएच क्षमताको ब्याट्री पूर्णरूपमा चार्ज हुन १० मिनेट लाग्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३