close

ओला ब्राण्डको विद्युतीय स्कुटर नेपाल भित्र्याउँदै सीजी

टेकपाना टेकपाना

भदौ २१, २०७९ १४:१७

ओला ब्राण्डको विद्युतीय स्कुटर नेपाल भित्र्याउँदै सीजी

काठमाडौं । भारतीय ब्राण्ड ओलाको विद्युतीय स्कुटर नेपाली बजारमा आउने भएको छ ।

चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले आउँदो असोज ७ देखि ९ गतेसम्म राजधानीमा हुने नाडा अटो शोका अवसरमा नेपाली उपभोक्तामाझ ओला स्कुटर ल्याउने भएको हो ।

हाल ओलाले ‘एस वन’ र ‘एस वन प्रो’ गरी दुई मोडलका विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । यीमध्ये दुवै वा कुन मोडल नेपाली बजारमा उपलब्ध हुनेछ भन्ने विषयमा सीजी मोटर्सले जानकारी दिएको छैन ।

प्रतिघण्टा ९० किलोमिटर उच्च गति रहेको ‘ओला एस वन’ सिंगल चार्जमा १२१ किलोमिटरसम्म गुड्नसक्ने कम्पनीकाे दाबी छ ।

त्यस्तै एस वन प्रोले एक पटकको फुल चार्जमा १८१ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने बताइएको छ, जसको उच्च गति ११५ किलोमिटर प्रतिघण्टा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३