close

आज सार्वजनिक हुँदै आईफोन १४, यसरी हेर्नुहोस् लाइभ

टेकपाना टेकपाना

भदौ २२, २०७९ ११:३१

आज सार्वजनिक हुँदै आईफोन १४, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । एप्पलले आज बुधबार आईफोन १४ सिरिजका स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले ‘फार आउट’ प्रदर्शनी कार्यक्रम आयोजना गर्दै नयाँ सिरिज सार्वजनिक गर्न लागेको हो ।

विशेषगरी आईफोनले आफ्ना उत्पादन प्रायः सेप्टेम्बर महिनामा सार्वजनिक गर्ने गरेको छ । सोही अनुरुप कम्पनीले आज नयाँ सिरिजका फोन सार्वजनिक गर्ने तयारी गरेको हो ।

नेपाली समय अनुसार आज राति १०:४५ बजेबाट एप्पल इभेन्ट सुरू हुनेछ ।

उक्त कार्यक्रममा कम्पनीले आईफोन १४, आईफोन १४ म्याक्स, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । साथै एप्पल वाच सिरिज ८, एप्पल वाच प्रो र एयरपड्स प्रो २ पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

कम्पनीले आयोजना गर्न लागेको उक्त कार्यक्रमको लाइभ यहाँबाट हेर्न सकिन्छ । त्यस्तै कम्पनीले सार्वजनिक गर्ने विभिन्न मोडेलको जानकारी टेकपानामा आउने भएकाले अपडेट रहनुहोला । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३