close

दुई महिनाको अवधिमा वारेन बफेटले बेचे ७६ अर्ब मूल्यको बीवाईडीको शेयर

टेकपाना टेकपाना

भदौ २३, २०७९ ९:५१

दुई महिनाको अवधिमा वारेन बफेटले बेचे ७६ अर्ब मूल्यको बीवाईडीको शेयर

काठमाडौं । विश्वका धनाढ्य तथा वर्कसायर ह्याथवेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वारेन बफेटले चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडीको शेयर बिक्री गरेका छन् ।

उनले पछिल्लो दुई महिनाको अवधिमा करिब ६०० मिलियन डलर अर्थात् ७६ अर्ब भन्दा बढी मूल्यको शेयर बिक्री गरेका हुन् । बीवाईडी विश्वको ठूलो विद्युतीय कार निर्माता कम्पनी हो ।

सन् २००८ देखि बीवाईडीमा बफेटको कम्पनी ह्याथवेको लगानी छ । ह्याथवेले सुरुमा प्रतिशेयर १ रुपैयाँ डलरका हिसाबले बीवाईडीको शेयर खरिद गरेको थियो ।

१४ वर्षको यो अवधिमा कम्पनीले झन्डै ३५ गुणा नाफामा शेयर बिक्री गरेको जनाइएको छ । त्यसबेला कम्पनीले २५५ मिलियन शेयर खरिदका लागि जम्मा २३२ मिलियन अमेरिकी डलर लगानी गरेको थियो ।

यस्तोमा ह्याथवेले प्रति शेयर ३५ डलरमा एक करोड ८० लाख शेयर बिक्री गरेको छ । योसँगै बीवाईडीमा अब कम्पनीको शेयर १८ प्रतिशतमात्रै बाँकी रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३