close

इन्टरनेट बन्द भए के हुन्छ क्रिप्टोकरेन्सी ?

टेकपाना टेकपाना

भदौ २६, २०७९ १४:३२

इन्टरनेट बन्द भए के हुन्छ क्रिप्टोकरेन्सी ?

काठमाडौं । इन्टरनेट हाम्राे जीवनकाे अभिन्न भाग बनिसकेकाे छ । कुनै नयाँ जानकारी फेला पार्नदेखि सञ्चार, मनाेरञ्जन, व्यापार, अनुसन्धान आदिका लागि इन्टरनेटकाे प्रयाेग बढिरहेकाे छ ।

यस्तो अवस्थामा कहिले सोच्नु भएको छ यदि इन्टरनेट चलेन वा बन्द भयाे भने तपाईंको डिजिटल सम्पत्ति के हुन्छ भनेर ?

इन्टरनेटको माध्यमबाट चल्ने र इन्टरनेटमा रहने डिजिटल सम्पत्ति अर्थात् क्रिप्टोकरेन्सी इन्टरनेट नै नभएको अवस्थामा भने के हुन्छ होला त ?

हामीले बुझ्नुपर्ने कुरा भनेको क्रिप्टोकरेन्सीमात्र अंकमा आधारित मुद्रा होइन । यसले कम्प्युटरहरूको विकेन्द्रित नेटवर्कमा आधारित मुद्रालाई बनाउने, स्टोर गर्ने, ट्रयाक गर्ने तथा पैसा पठाउने काम गर्छ । यसलाई ‘ब्लकचेन’ प्रविधि भनिन्छ ।

नेटवर्कमा रहेका कम्प्युटरहरूलाई ‘माइनर’ भनिन्छ । माइनरले नयाँ ‘ब्लकहरू’ सिर्जना गर्न विशेष सफ्टवेयर प्रयोग गर्छन् ।

यदि इन्टरनेट बन्द भयो भने, कुनै पनि क्रिप्टोहरू पठाउन वा प्राप्त गर्न सकिँदैन, न यसबाट कुनै कारोबार गर्न सकिनेछ । साथै यसले आफ्नो क्रिप्टोको मूल्य तथा विद्यमान स्थिति लगायतका जानकारी पनि प्राप्त गर्न सकिँदैन ।

सामान्य रुपमा बुझ्दा इन्टरनेटबिना क्रिप्टोकरेन्सीको कुनै अस्तित्व नै छैन । यस्तोमा डिजिटल सम्पत्तिलाई सुरक्षित राख्ने अन्य उपाय छन् ।  

के गर्न सकिन्छ ? 

डिजिटल सम्पत्तिलाई सुरक्षित राख्ने दुई तरिका छन् । पहिलो क्रिप्टोलाई अफलाइन स्टोर गर्ने र दोस्रो हार्डवेयर वालेट प्रयोग गर्ने ।

हार्डवेयर वालेट एक भौतिक उपकरण हो, जसमा क्रिप्टोकरेन्सीहरू भण्डारण गर्न सकिन्छ र कम्प्युटरमा जडान गरेर आफ्नो क्रिप्टो प्रयोग गर्न सकिन्छ । यसले गर्दा यदि कम्प्युटर मालवेयरबाट संक्रमित भयो भने पनि क्रिप्टोकरेन्सी सुरक्षित हुन्छ ।

हार्डवेयर वालेटहरूको एक मात्र नकारात्मक पक्ष भनेको यदि डिभाइस हरायो भने लगानीकर्ताले आफ्नो क्रिप्टोकरेन्सी पनि हराउनसक्छ । यसको विकल्पमा डिस्ट्रिब्युटेड नेटवर्क पनि प्रयोग गर्न सकिन्छ ।

ब्लकचेनमा आधारित डिस्ट्रिब्युटेड नेटवर्कमा क्रिप्टोकरेन्सी स्टोर गर्न ‘सिया’, ‘स्टोर्ज’ जस्ता ब्लकचेन-आधारित नेटवर्क पनि प्रयोगमा आउने गरेका छन् ।

यसरी यदि इन्टरनेट पूर्ण रुपमा बन्द भएपनि डिस्ट्रिब्युटेड नेटवर्कमा क्रिप्टो कारोबार गर्न सकिन्छ ।

यसका साथै अन्य गर्नसक्ने काम भनेको पेपर वालेट, अफलाइन हस्ताक्षरको प्रयोग गर्ने लगायतका उपाय पनि छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३