भारतमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह, यी हुन् आपतकालीन सम्पर्क नम्बर
बैशाख २६, २०८२ १९:५०
काठमाडौँ । भारतमा रहेका नेपाली नागरिकलाई सचेत र सुरक्षित रहन नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । भारतको जम्मू-कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलापछि भारत-पाकिस्तानबिच बढ्दो तनावलाई मध्यनजर गर्दै राजदूतावासले यस्तो अनुरोध गरेको हो ।
राजदूतावासले भारत सरकारका आधिकारिक निकायहरूले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न पनि नेपाली नागरिकहरूलाई आग्रह गरेको छ । साथै, कुनै संकट उत्पन्न भएमा नजिकको सुरक्षित स्थान पहिचान गर्न तथा नेपाली राजदूतावास वा महावाणिज्यदूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
दूतावासले आपतकालीन अवस्थामा निम्न नम्बरहरूमा सम्पर्क गर्न सकिने जनाएको छ:
नयाँ दिल्लीस्थित नेपाली राजदूतावास
-
टेलिफोन नं.: +९१-११-२३४७६२००
-
हटलाइन नं.: +९१-८९२९६०१९२५
कोलकातास्थित नेपाली महावाणिज्यदूतावास
-
टेलिफोन नं.: +९१-०३२४५-६१२२४
-
मोबाइल नं.: +९१-९७४८४६६९००
पछिल्लो अध्यावधिक: बैशाख २६, २०८२ १९:५०
