close

क्यूआर कोडले कसरी गर्छ काम ?

टेकपाना टेकपाना

भदौ २८, २०७९ १६:५८

क्यूआर कोडले कसरी गर्छ काम ?

काठमाडौं । यदि तपाईंले अनलाइन भुक्तानी गर्ने गर्नु भएको छ भने पक्कै पनि क्यूआर कोड देख्नु भएकै होला । अहिले त हरेक जसो पसलमा क्यूआर कोड राखेको देखिनु सामान्य भइसक्यो ।

यस्तो क्यूआर कोड अनौठो प्याटर्न जस्तो देखिन्छ । सानो चिया पसलदेखि ठूला डिपार्टमेन्टल स्टोरहरूमा अनलाइन पेमेन्टका लागि क्यूआर कोड प्रयोग हुन थालेको छ ।

स्मार्टफोन बोक्नुहुन्छ र मोबाइल बैंकिङ अथवा डिजिटल वालेट प्रयोग गर्नुहुन्छ भने पक्कै पनि तपाईंले यस्तो क्यूआर कोडमा स्क्यान गर्नु भएकै होला । तर के तपाईंलाई थाहा छ, वास्तवमा के हो त क्यूआर कोड ? अनि यसले कसरी काम गर्छ ?

वास्तवमा क्यूआरको अङ्ग्रेजी पूरा पुरा रुप क्विक रेस्पोन्स अर्थात तत्कालै प्रतिक्रिया जनाउने भन्ने हुन्छ । यस किसिमको कोड तुरुन्तै पढ्न सकिने गरी बनाइएको हुन्छ ।

कुनै विशेष किसिमको जानकारीलाई सांकेतिक शब्दमा परिवर्तन गर्नका लागि यसको उपयोग गर्ने गरिन्छ । क्यूआर कोड वास्तवमा बारकोडकै उन्नत स्तरको संस्करण हो । तर यसमा बारकोडको तुलनामा कयौँ धेरै सूचना राख्न सकिने क्षमता हुन्छ ।

बारकोडको तुलनामा यसले निकै विस्तारित किसिमले तथा तीव्र रुपमा काम गर्न सक्छ । क्यूआर कोड सन् १९९४ मा कार निर्माता कम्पनी टोयोटा ग्रुपका एक जापानी सहायक डेन्सो वेभले विकास गरेका हुन् ।

पहिलो पटक अटोमोबाइल, फर्मास्युटिकल र रिटेल इन्डस्ट्रिमा इन्भेन्टरीलाई ट्र्याक गर्नका लागि यसको प्रयोग गरिएको थियो । त्यतिखेर निकै धेरै कामका लागि यसको उपयोग गरिन्थ्यो । क्यूआर कोड उपयोग गरेर तपाईं पेजहरू शेयर गर्न पनि सक्नुहुन्छ ।

क्रोम ब्राउजरबाट कुनै वेब पेजलाई अरुसँग शेयर गर्नका लागि तपाईंले क्यूआर कोड बनाउन सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिला आफ्नो कम्प्युटरमा क्रोम ब्राउजर खोल्नुहोस् । त्यसपछि उक्त पेजमा जानुहोस्, जसलाई तपाईं शेयर गर्न चाहनुहुन्छ ।

त्यसपछि माथि एड्रेबारमा क्लिक गर्नुहोस् अनि दायाँतर्फ रहेको क्यूआर कोड आइकनमा क्लिक गर्नुहोस् । त्यसपछि तपाईंले क्यूआरकोडको लिङ्क कपी गर्न सक्नुहुन्छ । साथै कुनै अर्को डिभाइसको क्यामेराबाट स्क्यान गर्न अथवा वेब पेजको क्यूआर कोडलाई फोटोको रुपमा सेभ गर्न पनि सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४