close

क्यूएफएक्स सिनेमा हलमा अब पब्जी प्रतियोगिता हेर्न पाइने

टेकपाना टेकपाना

असोज २४, २०७९ १७:५४

क्यूएफएक्स सिनेमा हलमा अब पब्जी प्रतियोगिता हेर्न पाइने

काठमाडौँ । पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) फल च्याम्पियनशिप अब नेपालमा नै ठूलो पर्दामा हेर्न पाइने भएको छ । पब्जीले सामाजिक सञ्जाल फेसबुकमार्फत यो कुराकाे जानकारी दिएको हो ।

१३ अक्टोबरदेखि १६ अक्टोबरसम्म चल्ने प्रतियोगिता अब क्यूएफएक्स छाया सेन्टर, ठमेलको ठूलो स्क्रिनमा देखाइने भएको हो । यो प्रतियोगिता हेर्न जान चाहने १०० भन्दा धेरै दर्शकलाई निःशुल्क टिकेट पनि उपलब्ध गराइने भएकाे छ ।

साथै निःशुल्क टिकट जित्ने दर्शकलाई टिकटसँगै मकै र पेय पदार्थ सित्तैमा उपलब्ध गराइने छ । निःशुल्क टिकेट जित्न आफ्नो नामसहित ईमेल, मोबाइल नम्बरजस्ता विवरण भर्नुपर्ने हुन्छ ।

फर्म भर्नको लागि यहाँ क्लिक गर्नुहोस् । नेपालसहित मङ्गोलिया र पाकिस्तानका गरी कुल १६ टिम यो प्रतियोगितामा सहभागी छन् । नेपालबाट हाई भोल्टेज, डीआरएस, इलिमेन्ट्रिक्स, स्काइलाइट गेमिङ, ट्रेन टु किल र भेनम लेजेन्डले यो प्रतियोगिता खेल्दैछन् ।

यो प्रतियोगितामा पीएमपीएल फल साउथ एसियामा शीर्ष १० भित्र पर्न सफल रहेका टिम र पीएमपीएल फल पाकिस्तानमा शीर्ष ६ भित्र स्थान बनाउन सफल टिम रहेका छन् । यो प्रतियोगिताको कुल पुरस्कार राशि एक लाख ५० हजार डलर राखिएको छ ।

यसका साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष तीन टिम पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२२ को लागि छनोट हुनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २४, २०७९ १७:५८