close

अहिले पनि खेल्न सकिने विन्डोजका २२ क्लासिक गेमहरू

टेकपाना टेकपाना

असोज २६, २०७९ १८:९

अहिले पनि खेल्न सकिने विन्डोजका २२ क्लासिक गेमहरू

काठमाडाैं । यदि तपाईंले विद्यालय तहमा कम्प्युटर विषय अध्ययन गर्नुभएकाे थियाे भने ल्याबमा जाँदा पक्कै पनि साेलिटेयर जस्ता अनेक गेम खेल्नुभयाे हाेला ।

अझ तपाईं ९० काे दशकमा विन्डाेज कम्प्युटर प्रयाेग गर्नुहुन्थ्याे भने त यस्ता गेम पक्कै खेल्नुभयाे । तर कम्प्युटरमा आएकाे परिवर्तनले ती गेम पनि विस्तारै विस्थापित हुँदै गए । तर के तपाईंलाई थाह छ, आज पनि ती क्लासिक गेम विन्डाेजमा खेल्न मिल्छ ।

विनारो प्याक अन्तर्गत ती विभिन्न गेम विन्डाेजकाे विभिन्न भर्सनमा डाउनलाेड गरेर खेल्न सकिन्छ । आज हामी तपाईंलाई तिनै क्लासिक गेमबारे जानकारी दिँदैछाैँ । 

 

साेलिटेयर

यस गेमकाे क्लासिक भर्सनदेखि नयाँ भर्सनहरुकाे संकलन प्राप्त गर्न यहाँ क्लिक गर्नुहाेस् । त्यस्तै यस गेमलाई एन्ड्राेइडआईओएसमा समेत खेल्न सकिन्छ ।

तपाईंलाई याे गेम विन्डाेजका पूराना भर्सनमा खेल्न मन छ भने यहाँ क्लिक गरेर खेल्न सक्नुहुन्छ ।

यसबाह‍ेक तपाईं याे गेमलाई अनलाइन माध्यमबाट समेत खेल्न सक्नुहुन्छ । 

 

माइनस्वीपर

यस गेमलाई अनलाइन माध्यमबाट खेल्न यहाँ क्लिक गर्नुहाेस् । गेमका विभिन्न कठिनाई स्तरहरूका साथै विन्डोज ९५ ब्याकग्राउन्ड र इन्टरफेस ट्रिमिङहरु यस वेबसाइटमा उपलब्ध छन् ।

यदि तपाईं प्राेगामिङमा रुचि राख्‍नुहुन्छ भने यस गेमकाे साेर्स काेड यहाँबाट हेर्न सक्नुहुन्छ ।

 

फ्रि-कल

याे गेम साेलिटेयर जस्तै तासकाे खेल हाे । साथै याे गेम माइक्राेसफ्ट साेलिटेयर कलेक्सनसँगै उपलब्ध हुने गर्दछ ।

याे गेम विन्डाेज, एन्ड्राेइड आईओएसमा डाउनलाेड गरेर खेल्न सकिन्छ । साथै तपाईंले याे‍ गेम वेबसाइटबाट अनलाइनकाे माध्यमबाट खेल्न सक्नुहुन्छ ।

 

थ्रीडी पिनबल स्पेस क्याडेट

माइक्रोसफ्ट प्लसमा भएका गेममध्ये याे धेरैले मन पराएकाे गेम हाे ।

यसकाे ६४ बीटकाे स्डान्डर्ड भर्सन विन्डाेजमा डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् । साथै तपाईंले याे गेम अनलाइनमा पनि खेल्न सक्नुहुन्छ ।

 

इन्टरनेट ब्याकग्यामन, चेकर्स, रिभर्सी, एण्ड स्पाड्स

ब्याकग्यामोन, चेकर्स, रिभर्सी र स्पाड्सको इन्टरनेट संस्करणहरू पहिलो पटक विन्डोज मी र एक्सपीमा समावेश गरिएकाे थियाे ।

त्याे समयमा इन्टरनेट विश्वव्यापी रुपमा आक्रमक रुपमा  विस्तार भइरहेकाे थियाे । साथै ‘फ्यामिली पीसी’ हुनु निकै ठूलाे कुराे थियाे । 

विन्डाेज १.० मा रिभर्सीलाई समावेश गरिएकाे थियाे । तर त्यसबेला यसलाई अनलाइनमा उपलब्ध गराइएकाे थिएन ।

यी गेमकाे सर्भर डाउन भएकाले विन्डाेजका विभिन्न भर्सनहरुमा खेल्न भने सक्नुहुन्छ । तर तपाईंले यी गेम अनलाइनमा खेल्न भने सक्नुहुन्छ ।

 

अनलाइनमा ब्याकग्यामोन खेल्न यहाँ, चेकर्स खेल्न यहाँ, रिभर्सी खेल्न यहाँ र स्पाड्स खेल्न यहाँ क्लिक गर्नुहाेस् । 

 

हर्टस्

याे पनि तासकाे गेम हाे । याे विन्डाेज ९८ बाट विन्डाेज ७ सम्म उपलब्ध भएकाे थियाे ।

धेरै खेलाडीहरुले पनि एक साथ खेल्न मिल्ने याे गेम विन्डाेज ८ र विन्डाेज १० मा खेल्न यहाँ क्लिक गर्नुहाेस् ।

 

इन्कबल

याे गेम0 सबैभन्दा सुरुमा विन्डाेज एक्सपीमा समावेश गरिएकाे थियाे ।

याे गेममा खेलाडीले सकेसम्म छिटाे मिल्दो रङहरूको प्वालहरूमा बलहरूलाई सिधा रेखाहरू तान्नुपर्ने हुन्छ । 

याे गेमलाई अनलाइनमा खेल्न यहाँ क्लिक गर्नुहाेस् ।

 

पर्बल प्लेस

बालबालिकाहरुकाे सिकाइमा मद्दत पुर्‍याउने उद्देश्यले याे गेमलाई विन्डाेज भिस्टा र विन्डाेज ७ मा समावेश गरिएकाे थियाे ।

याे गेमभित्र थप अरु तीन गेम पर्बद पेयर्स, काेम्फी केक्स र पर्बल सप रहेका छन् । यस गेम डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

यस गेमलाई तपाईंले विन्डाेज १० मा पनि खेल्न सक्नुहुन्छ ।

 

महजोंग टाइटन्स

यस गेमलाई तपाईंले वेबमा खेल्न सक्नुहुन्छ । त्यसका लागि यहाँ क्लिक गर्नुहाेस् । तर, तपाईंले आफ्नाे कम्प्युटरमा डाउनलाेड गरेर खेल्ने रहर गर्नुभएकाे छ भने यहाँ क्लिक गर्नुहाेस ।

 

हाेभर

याे गेम विन्डाेज ९५ मा मात्र समावेश गरिएकाे थियाे । त्यसपश्चात भने याे गेम सीडीमा मात्र उपलब्ध भएकाे थियाे ।

यस गेमलाई सन् २०१३ मा माइक्राेसफ्टले ब्राउजर गेमका रुपमा ल्याएता पनि हाल भने हटाएकाे छ । तर तपाईंले याे गेम यहाँ क्लिक गरेर खेल्न सक्नुहुन्छ ।

 

चेस टाइटन्स

याे एक चेस गेम हाे । आजभाेलि विभिन्न माध्यमबाट तपाईंले याे गेम खेल्न सक्नुहुन्छ ।

तर विन्डाेज ७ मा भएकाे उही चेस टाइटन्‍स खेल्न भने यहाँ क्लिक गर्नुहाेस् ।

 

स्की फ्री

याे गेम तपाईंले अनलाइनमा खेल्न यहाँ क्लिक गर्नुहाेस् ।

यस गेम ‘जम्प, स्लालम र यति’को साथ खेल्ने गरिन्छ । 

 

राेडेन्टस् रिभेन्ज

याे मुसा र बिरालाेकाे गेम हाे । यसलाई माइक्राेसफ्टले सन् १९९३ मा पहिलाे पटक सार्वजनिक गरेकाे थियाे । पछि यस गेमलाई जाभा प्राेगामिङकाे प्रयाेग गरेर पुन: डेभलप गरिएकाे थियाे ।

यस गेम डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाे‍स् । 

 

चिप्स च्यालेन्ज

याे गेम सन् १९८९ मा सार्वजनिक भएकाे एक पजल भिडिओ‌ गेम हाे । सार्वजनिक गर्दा यस गेमकाे नाम अटारी लिनक्स थियाे ।

सन् २०१५ बाट याे अनलाइनमा उपलब्ध भएकाे थियाे । याे गेम अनलाइनमा खेल्न यहाँ क्लिक गर्नुहाेस् ।

 

क्लोत्स्की

याे काठको ब्लक सारेर मिलाउन पर्ने पजल गेम हाे । फिलिप फ्रेमी नामको डेभलपरले पाइथनमा क्लोत्स्कीलाई पुन: बनाएका छन्, जसलाई तपाईंले विन्डाेजकाे नवीनतम भर्सनहरुमा डाउनलाेड गरेर खेल्न सक्नुहुन्छ ।

 

जेजबल

कुनै पनि बलहरू रेखाहरूमा नठाेकाइ सकेसम्म धेरै रेखाहरू कोर्नु नै यस खेलकाे नियम हाे ।

यस गेमलाई माइक्राेसफ्टले आफ्नाे ‘द बेस्ट अफ माइक्राेसफ्ट इन्टरटेन्मेन्ट प्याक’ मा पनि समावेश गरेकाे थियाे । यस गेमलाई अनलाइनमा खेल्न यहाँ क्लिक गर्नुहाेस् ।

 

पाइप ड्रिम (पाइप मेनिया)

निश्चित समयभित्र पाइपहरुकाे पजल समाधान गर्नुपर्ने याे गेम सन् १९८९ मा सार्वजनिक भएकाे थियाे । त्यसबेला यस गेमकाे नाम पाइप मेनिया थियाे । यस गेम अनलाइनमा खेल्न यहाँ क्लिक गर्नुहाेस् । यदि तपाईं याे गेमकाे वास्तविक भर्सन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहाेस् ।

 

गेम अफ लाइफ

याे गेमलाई जाेनी काेन्वेज् गेम अफ लाइफ, सिम्लाई लाइफ भनेर पनि चिनिने गरिएकाे छ । खेलाडीले कुनै कुरा इन्पुट स्वरुप हालेपछि याे गेम स्वत: सञ्चालन हुने गर्दछ । यस गेमलाई अनलाइनमा खेल्न यहाँ क्लिक गर्नुहाेस् । 

 

वर्डज्याप

याे एक द्रुत गतिकाे शब्द पजल गेम हाे । यसलाई अनलाइनमा गेम यहाँ क्लिक गर्नुहाेस् । यदि तपाईं वर्ड्ली जस्ता शब्दसँग सम्बन्धित गेमहरु खेल्नुहुन्छ भने याे पनि मन पराउनु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २६, २०७९ १८:९