close

गुगल प्ले स्टोरमा फर्कियो ट्रम्पको सामाजिक सञ्जाल 'ट्रुथ सोसल'

टेकपाना टेकपाना

असोज २८, २०७९ १०:१९

गुगल प्ले स्टोरमा फर्कियो ट्रम्पको सामाजिक सञ्जाल 'ट्रुथ सोसल'

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल 'ट्रुथ सोसल' प्ले स्टोरमा फर्किएको छ । गत अगस्टमा कन्टेन्ट मोडेरेसन पोलिसी अपुग भएको भन्दै गुगलले यस एपमाथि प्रतिबन्ध लगाएर प्ले स्टाेरबाटै हटाएकाे थियाे ।

ट्वीटरजस्तो सेवा उपलब्ध गराउने ट्रुथ सोसलले आफूलाई खुला, निःशुल्क र पारदर्शी एपका रूपमा परिभाषित गरेको छ । तर गुगलकाे नीतिअनुसार एप नरहेकाे पाइएकाले याे एप प्ले स्टाेरबाट हटाइएकाे थियाे ।

गुगलले एक विज्ञप्ति जारी गर्दै प्रयोगकर्ताको कन्टेन्टलाई प्रभावकारी रूपमा नियमन गर्ने, हिंसा भड्काउने जस्ता आपत्तिजनक पोस्ट तत्कालै डिलिट गर्ने प्रणाली अवलम्बन गरेमात्रै एपलाई प्ले स्टोरमा राख्ने अनुमति दिने जनाएको छ ।

त्यस्तै एपले गुगलकाे डेभलपर गाइडलाइन्स पालना गर्नुपर्ने व्यवस्था छ ।

आफ्नो नीति मान्न ट्रुथ सहमत एपलाई प्ले स्टोरमा फर्काइएको गुगलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २८, २०७९ १०:५७