close

खल्तीबाट बस टिकट खरिद गर्दा स्मार्टफोन जित्ने मौका

टेकपाना टेकपाना

असोज २७, २०७९ २१:५८

खल्तीबाट बस टिकट खरिद गर्दा स्मार्टफोन जित्ने मौका

काठमाडौं । चाडपर्वको अवसरमा डिजिटल वालेट खल्तीले आफ्ना प्रयोगकर्ताका लागि खल्तीबाट बस टिकट खरिदमा स्मार्टफोन जित्नसक्ने अफर ल्याएको छ ।

असोज २७ देखि कार्तिक २६ सम्म लागू हुने याे अफरमा खल्तीमार्फत बस टिकट खरिद गर्ने प्रयोगकर्तामध्ये दुई भाग्यशाली बिजेताले स्मार्टफोन जित्न सक्नेछन् ।

यसअघि पनि भदौ १९ देखि असोज १८ सम्म दशैंको समयमा खल्तीमार्फत बस टिकट खरिद गरेर स्मार्टफोन जित्ने अफर ल्याएकाे थियाे ।

'बस सेवा' सहकार्य गरी ल्याइएकाे यो अफर चाडपर्वको समयमा बस टिकट खरिद गर्ने प्रक्रियालाई सहज बनाउन साथै डिजिटल भुक्तानी प्रति प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले बताए ।

उनका अनुसार अफरमा सहभागी हुन खल्ती अकाउन्टको केवाईसी भेरिफाइड हुन जरूरी छ ।

पछिल्लो अध्यावधिक: असोज २७, २०७९ २१:५८