close

कस्तो होला आईफोन १५ ?

टेकपाना टेकपाना

कात्तिक ७, २०७९ १०:३९

कस्तो होला आईफोन १५ ?

काठमाडौं । आईफोन १४ सिरिजका स्मार्टफोनहरू सार्वजनिक हुनु अगावै आईफोन १५ को विवरण बाहिरिन सुरु गरिसकेको थियो । आईफोन १४ ले त्यति तान्न नसकेको बजारलाई आईफोन १५ ले कस्तो प्रभाव पार्ला भन्ने धेरैको चासो छ ।

यसैबीच आईफोन १५ को डिजाइनलाई लिएर नयाँ विवरण बाहिरिएको छ । आईफोन १५ मा परिवर्तन गरिएको डिजाइनले प्रयोगकर्तालाई आकर्षित गर्नसक्ने अनुमान गरिएको छ । लामो समयदेखि स्टेनलेस (नकोतारिने) स्टिल मार्फत आईफोन निमार्ण गर्दै आएको एप्पलले यो पटक टाइटानियम चेसिस प्रयोग गर्ने बताइएको छ ।

आईफोन १५ सिरिजको आईफोन १५ अल्ट्राको बडिको भाग टाइटानियम चेसिस मार्फत तयार गरिनेछ जुन स्टेनलेस स्टिलको तुलनामा निकै हलुको र बलियो हुन्छ । यद्यपि यो महँगो पनि उत्तिकै  हुनेहुँदा यसले पनि मोबाइललाई महँगो बनाउन सक्ने अनुमान गर्न सकिन्छ ।

योसँगै आईफोन १५ को सिरिजको केही मोडेलमा युएसबी सी पोर्ट उपलब्ध हुने पनि अनुमान गरिएको छ । साथै फोनमा ए१७ चिपसेट प्रयोग गरिने र दुईओटा फ्रन्ट क्यामेरा हुने पनि बताइएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ७, २०७९ १०:३९